विकल्प न्यूज/बेनी
मंसिर १० गते ।७५ हजार पाँचसय ३८ जना मतदाता रहेको म्याग्दीमा प्रतिनिधि र प्रदेशसभाको आईतबार सम्पन्न निर्वाचनमा करिव ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।जिल्लामा रहेका १०६ मतदान केन्द्रमा करिव ४६ हजार मत खसेको प्रारम्भीक अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । एकिन विवरण आउन अझै वाँकी रहेको उहाँले बताउनुभयो ।
सबै मतदान केन्द्रहरुमा शान्तीपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ ।
प्रतिनिधि सभामा एक र प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।