सन्तोष गौतम /विकल्प न्यूज
बेनी ८ मंसिर ।
पर्वतको जलजला गाउँपालीका ५ गैरीगाउँका एक परिवारले दिवंगत अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग गरेका छन् ।
गैरीगाउँमा रहेको देविस्थान आधारभुत विद्यालयको व्यवस्थापन समितिका पुर्व अध्यक्ष बालकृष्ण रेग्मीको स्मृतीमा उहाँका छोराहरुले शैक्षिक, खेलकुद र शिक्षण सहयोगी सामाग्री सहयोग गर्नुभएको हो । शिवदत्त रेग्मी, भिम रेग्मी र बिष्णु रेग्मीले दश हजार रुपैया बराबरको सामाग्री सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।
४४ जना विद्यार्थीहरुलाई कापी र कलम उपलब्ध गराएका रेग्मी परिवारले ति विद्यार्थीहरुलाई एक दिनका लागि दिवा खाजाको समेत व्यवस्था गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुङगनाथ शर्माको अध्यक्षता र प्रअ धर्मदत्त पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।