विकल्प न्यूज/बेनी
मंसिर ५ गते ।
आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आचार संहिताको धज्जी उडाउदै शिक्षकहरु चुनाव प्रचारमा व्यस्त भएका छन् ।
राज्यको तलबभत्ता खाएर नेपाली काँग्रेस र राप्रपाको चुनाव प्रचारमा हिड्ने म्याग्दीका २४ जना शिक्षकहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ । कार्यालयमा परेको उजुरीको आधारमा आचार संहिता अनुगमन अधिकृत छवीन्द्र बेल्बासेले जिल्ला शिक्षा कार्यालय मार्फत स्पष्टीकरण सोधेका हुन् । शिक्षकहरु चुनाव प्रचारमा हिडेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।अधिकृत बेल्वासेले जिल्ला शिक्षा अधिकारीलाई पत्र मार्फत आचार संहिता उल्लङ्घन गरी दलको प्रचारमा हिड्ने शिक्षकहरुको गतिबिधिको अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । काँग्रेसको प्रचारमा हिड्ने शिक्षकहरुमा अर्जुन मावि भकुण्डेका स्रोत व्यक्ति दुर्गाराम सुवेदी र हेम मावी शिवाङका स्रोतव्यक्ति गिरीप्रसाद छन्त्याल समेत छन् । सुवेदी जिल्ला सदरमुकाममै वढी जसो बस्छन । उनी स्रोतकेन्द्रमा कमै मात्रामा पुग्ने गरेको स्वयम शिक्षकहरु बताउँछन् । सुवेदी काँग्रेस निकट टे«ड युनियन र नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष हुन् भने छन्त्यालले धौलागिरी गाउँपालीकामा स्रोत व्यक्तिको आवरणमा काँग्रेसको राजनिति धानेका छन् । अमर मावी पाखापानीमा मतदान अधिकृतको रुपमा खटिएका जनप्रिय माविका शिक्षक जगतकुमार सापकोटा, सोही विद्यालयका शिक्षक नगेन्द्र खत्री, मंगला गाउँपालीका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृती माविका प्रअ टेकबहादुर राम्जाली, मालीका आधारभुत विद्यालय देविस्थानकी रुपमाया घर्ती र रमेश फगामी रहेका छन् ।
यसैगरी नारच्याङको निलगिरी आधारभुत विद्यालयकी नरीमाया गर्बुजा, महेन्द्ररत्न आधारभुत विद्यालय बरंजाका जगबहादुर रोका, शिख माविका केदार कार्की, बरनाथ आधारभुत विद्यालय अवेचौरका पदमबहादुर खत्री, महेन्द्र मावि झिँका प्रअ यामबहादुर शेरपुञ्जा, अमर मावि चिमखोलाका पृथबहादुर थापा, जडभरत आधारभुत विद्यालय गलेश्वरका लोकेन्द्रबहादुर खड्का, मंगला मावि बाबियाचौरका हर्कबहादुर छन्त्याल, रामचन्द्र पौडेल, भगवती वडा कार्यालय मतदान केन्द्रका मतदान अधिकृतको रुपमा खटिएका जनप्रिय मावि दरवाङका प्रअ दिवाकर सुवेदी, शान्ति आधारभुत विद्यालय ओखरबोटका गोपाल रेग्मी, जनकल्याण मावि पुलाचौरका शिव बानिया, रघुगंगा मावि पिप्लेकी शोभा हमाल, ज्ञानोदय मावि मौवाफाँटकी सरस्वती सुवेदी, महभिर आधारभुत विद्यालयकी गंगा घर्ती र राष्ट्रिय माविकी लिला सापकोटा विरुद्ध उजुरी परेको हो । उनिहरु विरुद्ध नेकपा एमालेका नेताहरुले उजुरी गरेका हुन् ।
यसअघि सोमबार नेपाली काँग्रेसका नेताहरुले एमाले निकट १३ जना शिक्षकहरु विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए ।