विकल्प न्यूज/बेनी
मंसिर ४ गते । निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले चुनावी अभियानलाई तिव्रता दिएको छ । यसै गरि सोमवार नेपाली काँग्रेसले बेनी नगरपालिका १० पात्लेखेतमा चुनावी सभा गरेको छ । राप्रपा सँग चुनावी तालमेल गरेको नेपाली काँग्रेसले प्रदेश क का उम्मेदवार भिमप्रसाद गौचन सहित चुनावी अभियानमा छ ।
पात्लेखेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्बीर गर्र्बुजाले निर्वाचन जितेमा इमान्दार भएर जिल्लाको विकासमा खट्ने बताउनुभयो । उहाँले जनताको सेवा वाहेक अरु कुनै व्यक्तिगत स्वर्थ नभएको बताउँदै यसपटक काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार त्रिलोकचन्द्र विश्वास विक, प्रदेशसभाका समानुपातिक उम्मेदवार विमला गौचन, नेपाली काँग्रेस म्याग्दीका सदस्य केवी भण्डारी, तरण दल म्याग्दीका सभापति मुकुन्द छन्त्याल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गाउँ इकाइ सभापति शिबहादुर शाहीको अध्यक्षता, वडा नं १०का वडाअध्यक्ष रिमप्रसाद रोकाको स्वागत र युवा नेता भरत रकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसै गरि नेप्टेचौरमा गाउँ इकाइ सभापति चक्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार गर्बुजाले टिमुर खेतीको आधुनिकिकरण र व्यवासयिक बनाउनका काँग्रेसले योजना बनाउने बताउनुभयो । निर्वाचन प्रचारप्रसार समितिका संयोजक सम्मरबहादुर थापाले स्वागत गरेको कार्यक्रममा स्थानीय गिरिराज सुवेदीले स्थानीय समस्याका विषयमा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन नेविसंघका नेता निर्मल खत्रीले गर्नुभएको थियो ।
पात्लेखेत र नेप्टेचौरमा आयोजित आमसभाबाट एमाले र माओबादी केन्द्र परित्याग गरि १२७ जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको काँग्रेस म्याग्दीले जनाएको छ ।