विकल्प न्यूज/पर्वत जलजला
बेनी ४ मंसिर ।
पर्वतको जलजला गाउँपालीकाले स्थानीय स्तरमा सञ्चालीत साना तथा मझौला उद्योग र व्यवसायलाई आफ्नो मातहत ल्याउने भएको छ ।
गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लको अध्यक्षतामा सोमबार बसेको गाउँ कार्यपालीका बैठकले गाउँपालीकाको आयस्रोत र उद्योग व्यवसायलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।
२०७४ पुष मसान्तसम्म गाउँपालीका अन्तरगतका सम्पूर्ण घरेलु तथा साना उद्योग र पसल ब्यवसाय दर्ता गर्न अनुरोध गरिएको कार्यपालीकाका प्रवत्ता तथा वडा न. ३ का अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योग व्यवसाय दर्ताका लागि एक हजार रुपैयाँ शूल्क तोकीएको छ ।