विकल्प न्यूज/बेनी
मंसिर ४ गते ।
बेनी नगरपालीका ४ सुर्केमेलामा सोमबार नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको घरदैलो भएको छ । सोही अवसरमा चयन्त्री श्रीसको संयोजकत्वमा १०१ सदस्यीय टोल स्तरीय संयुक्त चुनाव परिचालन समिति गठन भएको छ । संयुक्त चुनाव परिचालन समितिका संयोजक खडानन्द कडेलको अध्यक्षता र तेजबहादुर बानियाको सञ्चालनमा सम्पन्न भेलामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले नेपालको विकासको बाधक बनेको राजनितिक अस्थिरताको अन्त्यका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका जिल्ला उपसचिव देवबहादुर घले र माओवादी केन्द्रका भगवान खड्काले एमाले र माओवादीबिच चुनावी तालमेल संगै पार्टी एकता पनी हुन लागेको बताउदै एकतावद्ध भएर बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
यसैगरी नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले मंगलबारदेखि सदरमुकाम बेनी बजारमा संयुक्त घरदैलो अभियान सञ्चालन गर्ने भएका छन् । सोमबार एमाले पार्टी कार्यालयमा बसेको २ पार्टीका नेता कार्यकर्ताको बैठकले विभिन्न कार्ययोजना सहित घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको नेता दिलकुमार श्रेष्ठले बताउनुभयो ।