लोकतान्त्रीक गठबन्धनको भकिम्लीमा आमसभा

विकल्प न्यूज/बेनी
कार्तिक १८ गते ।

bhakलोकतान्त्रिक गठबन्धनले चुनाबी प्रचार प्रसारलाई तिव्र बनाएको छ । चुनावी अभियान अन्तर्गत आज बेनी नगरपालिका वडा ३ भकिम्लीमा आमसभा र अगुवा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ ।

आम सभालाई सम्बोधन गर्दै प्रदेश सभा १का सदस्यका उमेद्वार भिमप्रसाद गौचनले नेपालको राष्ट्रियता जोगाउन र नेपाललाई समृद्ध बनाउनको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ। म्याग्दीमा कम्युनिष्टहरुले अहिले सम्म सरकार चलाए जस्तै चलाउदै आएको र म्याग्दीको विकासले फड्को मार्न नसकेको हुनाले अव जनताले आफै परिर्वनत खोजिरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा समानुपातिक उमेद्वार नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले नेपालको चौतर्फी विकासको लागि नेपालमा लोकतन्त्रीक गठबन्धनको आवश्यकताको महशुस जनताले गरेको बताउनुभयो ।
नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान संसोधन,कार्यन्वयन,संगै मुलुकलाई आर्थिक समृद्धितिर लैजानको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस भकिम्ली गाउँईकाई समितिका सभापति क्या जसबहादुर पुनको सभापतित्व,सचिव मनबहादुर पुनको संचालन राप्रपा भकिम्ली ईकाईका सभापति तिलराम थापाको स्वागतमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा युवा नेता भरत बहादुर रकाल, राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापा,नेपाली कांग्रेस जिल्ला सदस्यद्धय मनकुमारी बिक, अजयमिलन श्रेष्ठ,राप्रपाका पूर्वकेन्द्रीय सदस्य एकेन्द्र रावल,जिल्ला सचिव दलकिशोर बानियाँ लगायतले बोलेका थिए ।