विकल्प न्यूज/बेनी
कार्तिक ११ गते ।
बेनी नगरपालीका ४ सिंगामा शनिबार नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलाले खडानन्द कडेल संयोजक र तेजबहादुर बानिया सहसंयोजक रहेको १०१ सदस्यीय संयुक्त चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । यसैगरी भगवान खड्काको संयोजकत्वमा युवा परिचालन समिति पनी गठन भएको छ ।
भेलामा बोल्दै माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य कुशल पौडेल र नेकपा एमाले म्याग्दीका उपसचिव देबबहादुर घलेले राजनितिक स्थिरता, राष्ट्रियताको रक्षा, विकास र सम्बृद्धीका लागि भएको बाम गठबन्धनलाई सफल बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष गोविन्द पौडेल, एमालेका देवेन्द्र बानिया, माओवादी केन्द्रका भगवान खड्का लगायतले बाम गठबन्धन तथा एमाले माओवादी बिच पार्टी एकता गर्ने सहमतीबाट उत्साहीत भएको बताउँदै चुनाव प्रचारलाई तिब्रता दिने बताउनुभयो ।