म्याग्दीका उम्मेदवारहरु भोट माग्न गाउँपसे

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ११ कात्तिक ।

Bam Gathabandan Ko Mess (2)मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेसंगै म्याग्दीका उमेद्वारहरु भोट माग्न गाउँ पसेका छन् ।

नेता, कार्यकर्ता र कलाकारको टोली सहित उमेद्वारहरु चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उमेद्वारी दिएका नेपाली काँग्रेस र राप्रपाको संयुक्त प्रचार टोली अन्नपूर्ण गाउँपालीकाको वडा स्तरमा चुनावी आमसभा सकेर शनिबार बेनी फर्कीएको छ ।Bhurung Tatopaniनेकपा एमाले र माओवादी केन्द्रका उमेद्वारको टोलीले प्रदेशसभा क्षेत्र नम्बर २ मा पर्ने मंगला गाउँपालीका ३ बरंजाबाट शुक्रबारदेखि संयुक्त चुनाव प्रचार अभियान सुरु गरेको छ । राजनितिक दलहरुले प्रचारसभामा गित तथा नृत्य प्रस्तुत गर्न कलाकारको टोली समेत बनाएका छन् ।
ग्रामिण क्षेत्रका कृषकहरु धान, कोदो भित्र्याउने, गहुँ, जौ छर्ने काममा व्यस्त भएकाले दलहरुले चुनाव प्रचारका लागि तिन चरणको कार्यक्रम बनाएका छन् । वडा स्तरमा कार्यकर्ता भेटघाट, चुनावी सभा र घरदैलो गरेर भोट माग्ने कार्यक्रम बनाइएको एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । “एमाले–माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकताको सहमतीको सन्देश कार्यकर्ता तहमा पु¥याउदै मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यकर्तालाई घरदैलोमा परिचालन गरेका छौ” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

जिल्ला स्तरमा एमाले र माओवादी केन्द्रका ७ सदस्यीय संयुक्त चुनाव प्रचार प्रसार कार्यदल गठन भएको र स्थानीय तह तथा वडा स्तरमा सोही संरचना तयार पारेर संयुक्त प्रचार अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो । Baranja 4कार्यकर्ताहरुलाई प्रशिक्षण, उमेद्वार सहित आमसभा र घरदैलो गर्ने कार्यक्रम तय भएको पौडेलले बताउनुभयो । नयाँ संबिधानले परिकल्पना गरे अनुसार पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले र माओवादी तथा काँग्रेस र राप्रपाले तालमेल गरेर उमेद्वार उठाएका छन् । 22855440_1514408031973808_691791998_nनेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानीयाले चुनावी सभा भन्दा पनी मतदाताको घरदैलोमै पुग्ने गरी चुनाव प्रचारको कार्यक्रम बनाइएको बताउनुभयो । तरुण दल, महिला, नेविसंघका कार्यकर्तालाई घरदैलो अभियान परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभामा नेपाली काँग्रेसका जिल्ला सभापती खम्बिर गर्बुजा र एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभाको क्षेत्र नम्बर १ मा माओवादीका बिनोद केसी, राप्रपाका भिमप्रसाद गौचन, प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेकी नरदेवी पुन र काँग्रेसका अमलाल फगामीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 22729182_1513499865397958_6301604188558613915_nगत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उमेद्वारहरुले पाएको मतलाई आधार बनाउँदा म्याग्दीमा बाम गठबन्धन काँग्रेस राप्रपा भन्दा सात हजार मतले अगाडी छ ।

congressमुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यका लागि १२ जनाले उमेद्वारी दर्ता गराएका छन् । एक नगरपालीका, पाँच गाउँपालीका, ४५ वटा वडा, ७२ मतदान स्थल र १०२ मतदान केन्द्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् ।