पश्चिम म्याग्दीमा लोकतान्त्रिक गठबन्धन घरदैलोमा व्यस्त

विकल्प न्यूज/बेनी
कार्तिक १० गते ।

ncकाँग्रेसको नेतृत्व लोकतान्त्रिक गठबन्धक प्रदेश सभा क्षेत्र न २ पश्चिम म्याग्दीको चुनावी टोलीले अभियानलाई तिब्र गराएको छ ।
मङगलबार देखी सुरु गरेको चुनावी आमसभा तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । अभियानमा रहेको टोलीले धौलागीरी गाउँपालिका–६ मुदी र मुनामा घरदैलो तथा चुनावी प्रचार प्रसार उप समितीमा प्रचार संमयोजक रहने गरी लोकतान्त्रिक गठबन्धनलाई जिताउन संगठन विस्तारलाई तिब्र बनाएको मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले बताउनुभयो ।
त्यस्तै प्रदेश सभा (ख)का लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेका उम्मेदवार अमलाल फगामीले आफुले जनताको लागि सधै एकचित्त भएर सेवमा लाग्ने बताएका छन् । उक्त टोलीमा जिल्ला कार्य समितिका सचिव क्या मिन बहादुर कार्की सदस्य रेक पुन दलित संघका जिल्ला अध्यक्ष थमन घिमिरे विश्वकर्मा लगाएताको टोेली रहेको छ ।