देशव्यापी निवन्ध प्रतियोगितामा बागलुङका सापकोटा पुरस्कृत

विकल्प न्यूज/बागलुङ
भदौ २२ गते ।
निजामती सेवा दिवस २०७४ का अवसरमा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको देशव्यापी निवन्ध लेखन प्रतियोगितामा बागलुङका घनश्याम सापकोटा पुरस्कृत हुनुहुने भएको छ ।sapkotaविपद् व्यवस्थापनमा निजामती कर्मचारीको भूमिका विषयक देशव्यापी रुपमा निजामती कर्मचारीहरुको विचमा प्रतिस्पर्धा भएको निवन्ध प्रतियोगतामा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका तथ्यांक सहायक पदमा कार्यरत सापकोटाले द्धितीय स्थान हासिल गर्नुभएको हो ।
“निजामती कर्मचारीको प्रतिवद्धता पारदर्शिता र चुस्तता भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरी निजामती सेवा दिवस २०७४ मनाउने सन्दर्भमा सामान्य प्रशासन मन्त्रालयद्वारा निजामती कर्मचारीहरुको सिर्जनशिलता प्रस्फुटन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको र विजेताहरुलाइ एक समारोह आयोजना गरी पुरस्कृत गरिने बताइएको छ ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका सापकोटाले यस अघि विज्ञान तथा प्रविधि मन्त्रालयद्दारा आयोजित उत्कृष्ट नारा लेखनमा प्रथम र राष्ट्रिय सूचना आयोगले आयोजना गरेको देशव्यापी निवन्ध प्रतियोगितामा द्धितीय स्थान हासिल गर्नुभएको थियो ।