५५ औ रेडक्रस दिवसको अवसरमा पर्वत बेनीमा रक्तदान

विकल्प न्यूज/पर्वत बेनी
भदौं १९ गते ।

blodजलजला गाउँपालिका ३ पर्वत बेनीमा ५५ औ रेडक्रस दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ मल्लाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्धारा सञ्चालीत रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, कल्वका पदाधीकारी, सदस्य, स्थानीय बासिन्दा, उत्साही समूह र आमा समूहका प्रतिनिधिहरु रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।
गाउँपालिकाका अध्यक्ष मल्लले रक्तदान जिवनदान सरह भएको बताउनुभयो । कल्वका अध्यक्ष दिलीप बरुवालको अध्यक्षता र शेषराज रेग्मीको सञ्चालनमा सम्पनन कार्यक्रममा लायन्स क्लबका चन्द्रकुमार केसी र रक्तसञ्चार केन्द्रका प्रमुख याम थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।