सिर्जनशिल पत्रकारिता पुरस्कार गौतमलाई

रामबहादुर थापा/बागलुङ
बागलुङ, १७ भदौ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङमा स्थापित ‘सिर्जनशील पत्रकारिता पुरस्कार–२०७४’ म्याग्दीमा कार्यरत पत्रकार सन्तोष गौतमलाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान बापत सहकारीको ११ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार गौतमलाई पुरस्कृत गरिएको हो ।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर युवराज खतिवडा, कोषका संस्थापक सिर्जना पन्त, सहकारीका अध्यक्ष अमरबहादुर थापा, राष्ट्रिय सहकारी बैङ्कका प्रबन्ध सञ्चालक केबी उप्रेती र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले नगद रु. ५ हजार राशिको पुरस्कार र प्रमाणपत्र गौतमलाई हस्तान्तरण गर्नुभयो । IMG_7461विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल गौतम रासस, सगरमाथा टिभी, कारोबार आर्थिक दैनिक, धौलागिरी टेलिभिजन, म्याग्दी काली एफ एम, नवविकल्प साप्ताहिक लगाएतका सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ ।

सहकारीका पूर्व सञ्चालक सन्तोष क्षेत्री र सम्वाददाता सिर्जना पन्तले विवाहमा हुने खर्च कटाएर वि.स २०७१ म पचास हजार रुपैयाँको पुरस्कार स्थापना गर्नुभएको थियो । यसअघि बागलुङका दिल शिरीष र पर्वतका सन्तोष थापा सम्मानीत हुनुभएको थियो ।

कृयाशिल पत्रकारहरुको प्रोत्साहनको निमित्त विवाहको खर्च कटाएर पुरस्कार कोष स्थापना गरेको संस्थापक सिर्जना पन्तले बताउनुभयो । पर्वत कुर्घाका क्षेत्री र बागलुङ नगरपालिकाकी पन्तले कुनै खर्च नगरी सहकारीद्वारा आयोजित एक औपचारिक समारोहमा विवाह गर्नुभएको थियो ।

कोषबाट वर्षेनी धवलागिरिका एक पत्रकारलाई पुरस्कृत गर्दै जाने सहकारीले जनाएको छ । नेपाल पत्रकार महासंघको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ शाखाका अध्यक्ष सम्मिलीत छनौट समितिको सिफारीसको आधारमा गौतमलाई पुरस्कृत गरिएको सहकारीद्धारा प्रकाशित धौलागिरी जागरण दैनीकका सम्पादक रामबहादुर जिसीले बताउनुभयो ।
सो कार्यक्रममा पुर्व गर्भनर खतिवडाले नेपालको सम्बृद्धीका लागि आर्थिक विकास अपरीहार्य भएको बताउँदै गरीबि निवारण, रोजगारी सिर्जना र सामाजिक परिवर्तनका लागि सहकारी उपयुक्त हुने बिचार व्यक्त गर्नुभयो ।

खतिवडाले सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अनुगमन र नियमनकारी निकायको सक्रियता आवश्यक रहेको बताउनुभयो । सिद्धान्त अनुसार सञ्चालन नभएका सहकारीलाई नियमन र सिद्धान्त बमोजिम सञ्चालन भएकालाई प्रोत्साहन गर्ने किसीमको निती आवश्यक रहेको पुर्व गर्भनर खतीवडाको भनाई थियो ।