सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयमा पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।
गाउँपालिकाको अस्थाई केन्द्र पाखापानी स्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थाई केन्द्र वडा न. ३ पिप्लेको मौवाफाँटमा कायम गर्ने निर्णय गरेपछि वडा न. ५ झिँ र ६ पाखापानीका जनप्रतिनिधि तथा बासिन्दा आन्दोलनमा उत्रिएका छन् । गाउँपालिका अन्तरगतका केही कार्यालय पाखापानीमा रहनुपर्ने माग सहित सुरु गरिएको आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तरगत गाउँपालीका कार्यालयमा तालाबन्दि गरिएको वडा न. ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।
उहाँका अनुसार २ वटा वडाले मालपोत, नापी, बन र स्वास्थ्य सम्बन्धि कार्यालय पाखापानीमा हुनुपर्ने माग गरेका छन् । यसअघि उनिहरुले गाउँपालीका कार्यालय जान हिडेका कर्मचारीलाई बाटो बाटै फर्काएका थिए । भदौ ५ गतेको गाउँसभाका सदस्यहरुको बहुमतका आधारमा मौवाफाँट केन्द्र तोकीएको थियो ।