विद्यालय क्षेत्रभित्र मेलापर्वको आयोजना नगर्न प्रशासनको अनुरोध

विकल्प न्यूज/बेनी
भदौं १४ गते ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले विद्यालय क्षेत्रभित्र मेलापर्वको आयोजना नगर्न सवैमा अनुरोध गरेको छ ।

विहिवार जिल्ला सुरक्षा समितिको वैठकले जिल्लाका ग्रामिण क्षेत्रका विद्यालयहरुमा पठनपाठन नै वन्द गरेर आयोजना हुने मेलापर्वहरुलाई रोक्नका लागि सम्बन्धित निकायहरुमा अनुरोध गरेको हो ।cdio विद्यालय क्षेत्र भित्र आयोजना गरिने मेलापर्वहरुको स्वकृति नदिन स्थानीय प्रशासनले स्थानीय तहलाई अनुरोध पनि गरेको छ ।

विद्यालय क्षेत्र भित्र सञ्चालन हुने मेलापर्वलाई स्थानीय तहले जिम्मेवार भएर नियन्त्रण गर्नका लागि अनुरोध गरिएको प्रशासनले जनाएको छ । jilla-parshanयस्ता गतिविधिहरुको जिल्ला शिक्षा कार्यालय मार्फत अनुगमन र निरिक्षण गरिने प्रशासनले जनाएको छ । विद्यालय हात भित्र आयोजना गरिने मेलापर्वको जिल्ला शिक्षा कार्यालय मार्फत नियमन र नियन्त्रण गर्न आवश्यक कदम चाल्नका लागि सुरक्षा समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताउनुभयो ।

परम्परागत संस्कृतिको संरक्षण गर्ने भन्दै गाउँघरमा लाग्ने मेलापर्वहरु लामो समय सम्म विद्यालय नै बन्द गराएर हुने गरेको र यसले पठनपाठनमा गम्भिर असर पर्नुका साथै बालवालिकाहरुलाई समेत असर पुगेको चिन्ता व्यक्त भइरहेका समयमा प्रशासनले त्यस्ता मेला पर्वहरुलाई निरुत्साहित गर्न अनुरोध गरेको हो ।

ग्रामिण भेगका विद्यालयहरुको हाताभित्र आयोजना हुने मेलापर्वले शैक्षिक क्षेत्रलाई गम्भिर असर परेको गुनासो आएकाले यसलाई रोक्न प्रशासनले सवैमा अनुरोध गरेको प्रजिअ अधिकारीले बताउनुभयो ।

पराम्परागत संस्कृतीको संरक्षणका नाममा विद्यालय हातभित्र त्यस्ता मेलापर्वको आयोजना कानुन सम्वत नभएको उहाँले बताउनुभयो । कसैले पनि विद्यालय हाता भित्र मेलापर्वको आयोजना गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने उहाँले बताउनुभयो ।

ग्रामिण क्षेत्रमा आयोजना हुने मेलापर्व व्यवस्थित नहुँदा शान्ति सुरक्षामा चुनौती खडा भएकाले व्यवस्थित गर्न सवैमा अनुरोध गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताउनुभयो ।