रघुगंगा गापामा रिङरोड बनाउने प्रस्ताव

विकल्प न्यूज/बेनी
भदौं १२ गते ।
रघुगंगा गाउँपालिकामा यातायात सञ्जाल विस्तारका लागि रिङरोड अवधारणा अघि सारिएको छ । गाउँपालिका अन्र्तगत ८ वटै वडामा सडक सञ्जाल पुगेपनि यातायात भरपर्दो छैन । गाउँपालिकाको झिँ हुदै पाखापानी पुगेको सडकलाई ठाडाखानी हुदै कुईनेखानी पु¥याउने र कोटगाउँ पुगेको सडकलाई रायखोर हुदै घ्यासीखर्क जोड्ने योजना छ ।

raghuganga gaupalikaअर्कोतर्फ गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि अघि बढेको सडक अहिले दग्नामस्थित अजिंगर भीरसम्म पुगेको छ ।
त्यो सडकलाई अघि बढाएर दरमिजा, चिमखोला हुदै घ्यासीखर्क नै पु¥याईनेछ । यसरी रघुगंगाको वारी र पारी भएर अघि बढेको सडकलाई घ्यासीखर्कस्थित रितुङ मावि नजिकै निर्माण गरिने पक्कीपुलले रिङरोडमा परिणत गर्ने गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले जानकारी दिए ।उनका अनुसार, गाउँपालिका केन्द्र मौवाफाँट देखि दग्नामको बुक्ल हुदै
झि र पाखापानी जोड्न रघुगंगामै अर्को पक्की पुल निर्माण योजनालाई अघि सारिएको छ ।

‘यसले झिँ र पाखापानीको तल्लो क्षेत्रका सर्वसाधारण यातायातको सञ्जालमा जोड्नेछ भने ठाडाखानी र कुईनेखानीका सर्वसाधारणलाई पनि सहज हुनेछ’, उनले भने, ‘ यसरी हामीले कठिन भुगोललाई पनि सुन्दर गाउँपालिका बनाउने संकल्प गरेका छौँ ।’
गाउँपालिका अन्र्तगत पिप्ले, भगवति, बेगखोला हुदै चिमखोला पुगेको सडकलाई तत्कालका लागि स्तरोन्नति गर्ने र चिमखोला तथा कुईनमँगलेलाई दग्नाम हुदै अघि बढेको सडकले जोडेपछि त्यसलाई ‘स्थायी’ सडक बनाउने गाउँपालिकाको योजना छ ।
गाउँपालिकाले तत्काल दरमिजा देखि पाखापानी÷कोटगाउँ जोड्न रघुगंगा माथि झोलुङ्गे पुल निर्माण योजनालाई पनि अघि सारेको छ । गाउँपालिका प्रमुख भण्डारी सहित सांसद रेशम बहादुर बानियाँ, म्याग्दी काँग्रेसका नेता केवी भण्डारी, शिव केसी लगायतको टोलीले गाउँपालिकाको यहि रिङरोड अवधारणाका लागि पर्याप्त बजेट विनीयोजनको माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरलाई ज्ञापनपत्र बुझाएका छन् । ‘पुरक बजेट मार्फत हाम्रा मागहरु सम्बोधन हुने आवश्वासन दिनुभएको छ, केहि काम हामीले गाउँपालिकाको बजेटले पनि गर्नेछौँ’, गाउँपालिका प्रमुख भण्डारीले भने ।