ताजा समाचार:
Search

बेनी –जोमसोम सडकको घोप्टे भिरबाट खसेको ढुंगा लागेर पर्यटकको ज्यान गयो

विकल्प न्यूज/बेनी
साउन २७ गते ।
बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एक जना पर्यटकको मृत्यु भएको छ ।

20786208_1490952410968507_535017966_nमुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४बाट अगाडी बढ्दै गर्दा २२ बर्षिय पासपोर्ट नम्बर ५१७७४९८४८ भएकी बेलायती नागरिक करलोट् कम्मा कथरिना फुलरटनको ज्यान गएको घाँसा प्रहरी चौकीले जनाएको छ ।
भिरबाट खसेको ढुंगा लागेर गम्भिर घाईते भएकी उनको उद्धार गरि लेते स्वास्थ्य केन्द्रमा उपचारको क्रममा विहिवार साँझ मृत्यु भएको घाँसा प्रहरी चौकीका प्रहरी नायब निरिक्षक गोपाल बहादुर खत्रीले बताउनुभयो ।
उहाँका अनुसार फुलरटन आफ्नो दाई र पथपदर्शकको साथमा भम्रणमा आएकी थिईन् । यसैबिच सोही घोप्टेभिर क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेरे म्याग्दीको मंगला– ५ का ४० बर्षका सवारी चालक दलबहादुर फगामी घाईते भएको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा लगिएको छ ।