ताजा समाचार:
Search

लियो क्लब अफ बेनीद्धारा जेष्ठ नागरिकलाई भोजन

राकेश शर्मा /बेनी
म्याग्दी, २६ साउन ।

leoलियो क्लब अफ बेनी म्याग्दीको आयोजनामा गलेश्वरका बृद्ध,वृद्धाहरुलाई भोजन गराईएको छ । सेवा नै धर्म हो भन्ने आर्दशलाई आत्मसाथ गर्दै अघि बढेको लियोले वृद्धा संगै संस्कृत विद्यालयलका बटुक गरि ९० जनालाई भोजन गराएको हो ।

खिरको महिना भनेर मानिने साउन महिनामा खिर खाएमा राम्रो मानिने धार्मीक परम्परा रहेकोले नजिकिदै गरेको तिजलाई लक्षित गररे उक्क्त भोजन गराएको क्लवले जनाएको छ ।
तिज नजिदै जादा सबै ठाउँमा दर खाने कार्यक्रम सुरु भएको छ । तर ति बृद्धा जो आफ्नो छोरा छोरी संग बसेर आफ्नो जिवन काट्ने समयमा बृद्धाश्र्रमको साहायता लिनु परेकालाई यो तिजको समयमा भोजन गराउन पायौँ । क्लवका अध्यक्ष निर्मल खत्रिले भने ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्लवका सल्लाकार सन्तोस रावलले लियोले गरेको कार्यक्रमले समाजमा हुने बिभिन्न खालको कार्यहरुलाई सहयोग हुने गरेकोले यस्ता कार्यको निरन्तरता हुनुपर्ने बताउनु भयो ।

गलेश्वर अन्न क्षेत्रका अध्यक्ष भिमनाथ पराजुलीले यस्ता असाहय र जेष्ठ नागरिकलाई भोजन गराउनु कार्य राम्रो भएको बताउदै क्लवलाई धन्यवाद व्यक्त गरे । क्लवका सचिव झलक जिसीको संञ्चालन उपाध्यक्ष बिशाल खत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।