ताजा समाचार:
Search

वुद्धुजालाई विद्यार्थीले खाजा खर्च कटाएर सहयोग गरे

विकल्प न्यूज/बेनी
साउन २१ गते ।

बंगरा अड्डाउने हड्डी खिईएपछि थलीएका अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका १७ वर्षिय बिशाल बुद्धुजाको उपचारका लागि विद्यार्थीहरुले खाजा खर्च कटाएर सहयोग गरेका छन् । Bisal Lai Helpनारच्याङ स्थित प्रभा मावीका विद्यार्थीहरुले खाजा खर्च कटाएर र शिक्षकहरुको सहयोगमा जुटाएको नौ हजार २६० रुपैया बिशालको उपचारका लागि सहयोग जुटाउन अभियान सञ्चालन गरेको ओमकुमारी शान्ति कोषलाई उपलब्ध गराइएको छ ।

विद्यालयका प्रअ भगवान कार्कीले कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो । यसैगरी प्रअ कार्कीले फेसबुकमा वुद्धुजाको सहयोगका लागि गर्नुभएको अपिल देखेर काठमाडौ स्थित विश्व वन्यजन्तु कोषका कर्मचारीहरुले पाँच हजार रुपैया सहयोग गरेका छन् ।

विश्वका बिरलै व्यक्तिहरुलाई लाग्ने रोगबाट थलीएका बुद्धुजाको काठमाडौ स्थित कान्तिपुर डेन्टल हस्पीटलमा उपचार भैरहेको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले सञ्चालन गरेको अभियानमा देश बिदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।