गलेश्वरमा गुञ्जीए स्रष्टाहरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २१ साउन ।
सघै तिर्थयात्री र भक्तजनको भिड लाग्ने बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिर परिसरमा शनिबार दिउँसो छुट्टै रौनक थियो । सधैजसो माईकबाट भजन र मन्दिरका घण्टी बजिरहने गलेश्वर साहीत्यीक रचनाले गुञ्जीएको हो । IMG_0896गलेश्वर शिवालय क्षेत्र विकास कोष परिसरको चौतारी मुनी भेला भएका सर्जकहरु सिर्जना सुनेर कती बेला ताली पड्काउँथे त कति बेला वाह वाह भन्थे भने कोही बेला भावुक बनेको दृष्य देखिन्थ्यो ।

करिब तिन घण्टासम्म फरक फरक स्रष्टाहरुले गलेश्वरमै रचना गरेका कबिता, गजल, मुक्तक, हाईकुहरु बाचन गरेका थिए । रचना बाचन गर्न कास्की, स्याङ्जा, पाल्पा, तनहुँ, गोरखा, बागलुङ र पर्वत लगायत जिल्लाका साहीत्यकारहरु गलेश्वमा भेला भएका थिए ।

पोखराको गजल सन्ध्या र नवनीत साहीत्य सागरले गलेश्वर शिवालय क्षेत्र विकास कोषको व्यवस्थापन सहयोगमा १४४ औ अक्षरयात्राको कार्यक्रम गलेश्वरमा आयोजना गरेको हो ।

कार्यक्रममा बरिष्ठ लोक गायीका हरिदेवी कोईराला, गजलकार प्रकट पंगेनी शिव, पाइताला उपन्यासका लेखक गनेश पौडेल लगायत करिब पचास जना स्रष्टाहरुले रचना बाचन गर्नुभएको थियो ।

गलेश्वरको महत्व, कालीगण्डकीको महिमालाई सिर्जनामा समेटेका थिए भने गलेश्वर वृद्धाश्रममा आश्रय लिएर बसेका जेष्ठ नागरीकका बेदना देखि माया प्रेम, सामाजिक र देशको समसामयीक बिषयमा रचनाहरु बाचन गरिएको थियो ।

गजल सन्ध्या पोखरा र नवनीत साहीत्य सागरले प्रत्येक महिनाको तेस्रो सोमबार अक्षरयात्रा कार्यक्रम गर्दै आएका छन् । गलेश्वर सहित १४४ स्थानमा पुगेर अक्षरयात्रा कार्यक्रम गरिएको गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले बताउनुभयो ।

साहीत्यीक पर्यटनको विकास, स्थानीय सर्जकहरुलाई अवसर प्रदान गर्ने र साहीत्यको प्रर्वद्धनमा सघाउ पुगोस भनेर कार्यक्रम गरिएको उहाँले बताउनुभयो । अक्षरयात्रामा सहभागीहरुले स्थलगत रुपमै सिर्जना गरेर कार्यक्रममा बाचन गर्नुपर्ने नियम छ ।

अध्यक्ष सुवेदीको अध्यक्षता र सचिव बसन्त बिनोदको सञ्चालनमा सम्पन्न कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले गलेश्वरको धार्मीक महत्व र कोषका गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो ।