रत्नेचौरमा प्रहरीको सक्रियता बढ्यो

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २१ साउन ।
म्याग्दी र बागलुङको सिमा क्षेत्रमा पर्ने रत्नेचौरमा प्रहरीको सक्रियता बढेको छ । लागु औषधी दुब्र्यसन, सामाजिक विकृती, सवारी दूर्घटना न्युनीकरणमा रत्नेचौर प्रहरी चौकी र स्थानीय बासिन्दाले सक्रियता देखाएका हुन् । यसै क्रममा शनिबार रत्नेचौर प्रहरी बिटका प्रमुख हेम जिसीको नेतृत्वमा बागलुङ र म्याग्दीको सिमा क्षेत्रमा पर्ने ढोडेनी खोलामा छापा मार्ने क्रममा केही युवाहरु लागू औषध सहित पक्राउ परेका छन् । police 1सिमा क्षेत्रमा लागु औषध दुब्र्यसनीहरुको गतिबिधी बढेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । सवारी दूर्घटना न्युनीकरणका लागि चेकजाँचमा कडाई गरेको प्रहरीले बेनी बागलुङ सडक खण्डमा यातायात ब्यवसायीले लिने मनोमानी भाडालाई समेत नियन्त्रण गरेको छ ।

बढी भाडा लिने ब्यवसायीलाई कारबाही र जरिवाना गरेपछी स्थानीय बासीन्दालाई राहत मिलेको छ । बेनी र बागलुङ जाने क्रममा रत्नेचौरका बासिन्दालाई यातायात ब्यवसायीले तोकीएको भन्दा दोब्बार भाडा लिने गरेको गुनासो आएपछि चेकजाँच गरी बढी भाडा लिनेलाई कारबाही गरीएको रत्नेचौर प्रहरी बिटका प्रमुख जिसीले बताउनुभयो ।

गत वर्ष रत्नेचौरमा प्रहरी बिट स्थापना भएको थियो । प्रहरी बिट स्थापना गर्न आमा समूहले भवन उपलब्ध गराएका थिए । यसैबीच बेनपा १ को टोल स्तरमा सरसफाई अभियान सञ्चालन भएको छ । वडा अध्यक्ष टेकबहादुर रावलको नेतृत्वमा टोल सुधार समिति मार्फत सरसफाई अभियान सञ्चालन भएको हो ।

रत्नेचौरमा सरसफाई कायम गर्न पलास्टीक नियन्त्रणका साथै विभिन्न ठाउँमा कुहीने र नकुहीने फोहोर व्यवस्थापन गर्न खाडल र डस्टबिन राखिएको भानु भावीका प्रअ भरत खत्रीले बताउनुभयो ।