आठ बुँदे घोषणापत्र जारी गर्दै जिल्ला स्तरीय बालभेला सम्पन्न

विकल्प न्यूज/बेनी
साउन २१ गते ।
बालअधिकारको संरक्षण, बालश्रम, बालयौन दुब्र्यवहार र बालबिवाह न्युनीकरणका लागि विभिन्न आठ बुँदे घोषणापत्र जारी गर्दै बेनीमा शनिबार जिल्ला स्तरीय बालभेला सम्पन्न भएको छ ।

न्यू वेष्ट पोइन्ट आवासीय माविको रजत जयन्ती २०७४ का अवसरमा साउन ९१ गते देखि सुरु भएको बालभेलाले बालबालिकाले आफ्नो काम कर्तब्य र अधिकार इमान्दारीताका साथ गर्ने र बालबालीकाहरुमा सन्देश प्रवाह गराएर सरोकारवाला निकायले पुरा गर्ने दायित्वको बारेमा सचेत गराउने घोषणा गरेको हो ।West Point२९ वटा माध्यमिक विद्यालयका ७१ जनाको सहभागिता रहेको कार्यक्रममा बालअधिकार, सरोकारवाला निकायको जिम्मेवारी, लागु औषध दूब्र्यसन र अपराध, बाल यौन दुब्र्यवहार, कानुनी व्यवस्था तथा लैङ्कीक सवाल, किशोरावस्था चुनौती, बाल बिज्याई, न्या सम्पादन, ट्राफिक ब्यवस्थापन, प्रतिभा पहिचान लगायतका विषयमा छलफल भएको थियो ।
घोषणापत्रको पहिलो बुँदामा घर, परिवार, विद्यालय र समाजमा हुने लागू औषध दुब्र्यसन, यौन दुब्र्यवहार, बालश्रम, बालबिवाहको समस्या न्युनीकरणका लागि आफू सचेत रहने, अरुलाई सन्देश प्रवाह गराउने र त्यस्ता गतिबीधिको राज्यका निकायलाई जानकारी गराउने उल्लेख गरिएको छ ।

विद्यालय शान्ति क्षेत्र घोषणालाई कार्यान्वयन गर्ने, किशोरावस्था र प्रजनन् स्वास्थ्यको बारेमा विद्यमान नकारात्मक धारणालाई निरुत्साहीत गर्न सन्देश प्रवाह गराउने र बालअधिकार हनन्का घटना भएमा सरोकारवाला निकायमा जानकारी गराउने लगायतका प्रतिवद्धता जनाएका छन् ।

बालभेलाका समापनमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बालमैत्री वातावरण तयार गरी बालअधिकारको प्रत्याभुती गराउन सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, नेपाल बाल संगठनका नेत्रबहादुर महत, न्यु वेष्ट पोइन्टका संस्थापक सञ्चालक सुर्दशनकुमार श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

न्यु वेस्ट पोइन्ट एजुकेशन फाउण्डेशन प्रा.लीका अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षता र शिक्षक कृष्ण जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय स्थापना भएको २५ वर्ष पुगेको अवसरमा वेष्ट पोईन्टले २०७४ लाई रजत वर्षको रुपमा विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ । वेष्ट पोइन्टले बेनीको कालीपुल स्थित बालमन्दिर आधारभुत विद्यालयको शैक्षिक सुधारका लागि शैक्षिक सहकार्य गर्नुका साथै कम्प्युटर, प्रिन्टर र शैक्षिक सामाग्री समेत सहयोग गरेको छ ।