ताजा समाचार:
Search

अन्नपूर्ण गाउँपालिकामा विषयगत समिति गठन

विकल्प न्यूज/अन्नपूर्ण
असार १७ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँ कार्यपालिका अन्तरगत विभिन्न विषयगत समिती गठन भएको छ । गाउँपालिका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थित कार्यालयमा बसेको बैठकले विषयगत समिति गठन गरेको हो ।annapurna gaupalika

गाउँपालीका उपाध्यक्ष केशमाया मगरको संयोजकत्वमा राजस्व परामर्श समिति गठन भएको छ भने आत्मा तुलाचान आर्थिक, ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल पूर्वाधार, २ नम्बर वडा अध्यक्ष ओमप्रसाद फगामी सामाजिक र ३ का अध्यक्ष नरसिङ पूर्जा वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा चयन हुनुभएको छ ।

वडा न. ४ का अध्यक्ष चन्द्रप्रकाश फगामी बिधेयक र ७ का अध्यक्ष गमबहादुर फगामी सार्वजनीक सेवा तथा क्षमत्ता विकास समितिको संयोजक बन्नुभएको छ । विषयगत समितिले गाउँपालीकाको योजना, निती निर्माण र कार्यान्वयनमा समन्वय गर्ने जनाइएको छ ।
बैठकले संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त गाउँपालीका, कार्यपालीका बैठक सञ्चालन सम्बिन्धि नमुना कार्यबिधी २०७४ को परिमार्जन सहित पारित गरेको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्ने योजना तथा कार्यक्रमहरुको विषयमा वडा स्तरमा छलफल प्रक्रिया अघि बढाउने निर्णय गरेको ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।