ताजा समाचार:
Search

बेनीको शिरैमा लभ्लीहिल(फोटो फिचर)

विकल्प न्यूज/बेनी
असार १४ गते ।
वारीपारी हरियाली डाँडा तल खोचमा दुई ठूला नदी । नदीको काखैमा सुन्दर बेनी बजारको शिरैमा लभ्लीहिल । जहाँबाट बेनीबजारको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । DSC_0427         साँझ र विहानीपख यहाँ बेनीको दृश्यावलोकनका लागि भीड लाग्ने गर्दछ । बेनीबाट करिव एकघण्टाको पदयात्रा पछि पुग्न सकिने बेनी नगरपालिका २ खवराको डिलमा रहेको लभ्लीहिलले युवायुवतीहरुलाई आर्कर्षीत गरेको छ ।DSC_0446डाँडाँभरी मनै लोभ्याउने हरियाली,दुइ बजारको दाया र बायाँबाट बग्ने म्याग्दी र कालीगण्डकीले बेनीको सुन्दरता थपिदिएका छन् । ‘आहा कति सुन्दर दृष्य ! सोमवारको विहानीपख लभ्लीहिलमा भेटीनु भएकी सुष्मी पुर्जाले भन्नुयभो,‘ यहाँको सुन्दरताको वयान गर्न म सँग कुनै शब्दै छैन ।’ DSC_0476विदाका समयमा दृश्यावलोकन साथै बेनीबजारलाई पृष्ठभूमिमा पारेर तस्विर लिने युवायुवतीहरुको निकै भीड लाग्नेगर्दछ । स्कुल देखि क्याम्पस पढ्ने विद्यार्थीहरुको मन लभ्लीहिलले लोभ्याएको छ ।DSC_0533लभ्लीहिलले आन्तरिक पर्यटकलाई तान्नथालेपछि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यहाँका स्थानीयहरु जुट्न थालेका छन् । यहाँको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गरिन थालिएको छ । DSC_0504पूर्वाधारको अभावले गर्दा संभावना भएर पनि ओझेलमा परेको स्थानीयहरु बताउँछन् । पूर्वाधारको विकास गर्न सक्ने हो भने आन्तरिकका साथै वाह्ै पर्यटकलाई पनि यहाँ तान्न सकिने स्थानीयहरु बताउँछन् ।DSC_0392पर्यटन कार्यालय पोखराको आर्थिक सहयोगमा यस वर्ष रेलिङ र विश्राम स्थल निर्माण गर्न थालिएको छ । पर्यटकको सुरक्षाका लागि पहाडको टुप्पोमा रहेको सो स्थानमा ४२ मिटर फलामको रेलीङ निर्माण गरिएको छ । सुरक्षित तवरले दृश्यावलोकन गर्न सहज बनाउने उद्देश्यले रेलीङ बनाइएको छ ।DSC_0508पर्यटकको सुबिधाका लागि गोलघर सहितको विश्राम स्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्यटन कार्यालयको पाँच लाख रुपियाँ अनुदान र स्थानीयबासीको एक लाख पचास हजार रुपियाँ बराबरको श्रमदानबाट रेलीङ र विश्राम स्थल निर्माण गर्न लागिएको लभ्लीहिल पर्यटन पूर्वाधार निर्माण समितिका अध्यक्ष धु्रब कार्कीले बताउनुभयो । DSC_0438लभ्लीहिललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि स्थानीयवासी जुटेको उहाँले बताउनुभयो ।DSC_0471

लभ्लीहिलबाट कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजार, पर्वत र म्याग्दीका ग्रामिण बस्ती, धौलागिरी र अन्नपूर्ण हिमालको साथै सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । DSC_0422एकान्त वातावरण र मनमोरम दृष्यावलोकन गर्न सकिने लभ्लीहिलमा आन्तरिक पर्यटकको चहलपहल हुन थालेपछि पूर्वाधार निर्माण थालीएको हो । पर्यटकलाई थप आकर्षीत गर्ने उद्देश्यले भौतिक पूर्वाधार निर्माण गरिनुका साथै खान र वस्नका लागि होटल निर्माण गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।DSC_0496बेनी देखि लभ्लीहिलसम्म पुग्ने व्यवस्थित पदमार्ग, डाँडामा थप रेलीङ, खानेपानी, भ्यू टावर लगायतका पूर्वाधार निर्माण आवश्यक भएको उहाँले बताउनुभयो । पूर्वाधारको विकास गर्न सकेमा मुस्ताङ भ्रमणका लागि आउने आन्तरिक पर्यटकलाई आकर्षीत गर्न सकिने उहाँले बताउनुभयो ।DSC_0456 DSC_0429ठाकुरप्रसाद आचार्य