विद्यालयमा भवन बनाउन अनेरास्ववियुद्धारा श्रमदान (फोटोसहित)

विकल्प न्यूज/बेनी
असार ११ गते । मंगला गाउँपालिका १ पूर्ण गाउँमा रहेको जन आवाज आधारभुत विद्यालयमा नयाँ भवन बनाउनका लागि अनेरास्ववियु म्याग्दीले श्रमदान गरेको छ ।   19490411_1913980845525751_1610413739_oअनेरास्ववियुका १४ जना युवाहरु सहित विद्यालयमा पुगेको टोलीले शनिवार विद्यालयमा श्रमदान गरेको हो । 19458239_1913980302192472_1075663426_n(1)नयाँ भवन बनाउन बजेट आएपनि जनशक्तिको अभावमा निर्माणको काम अघि वढ्न नसकेको जानकारी आएपछि बेनीबाट विद्यार्थीहरु पुगेर श्रमदान गरेको अनेरास्ववियुका केन्द्रिय सदस्य प्रकाश पौडेलले बताउनुभयो । पौडेलको नेतृत्वमा श्रमदान गरिएको हो । 19490155_1913980935525742_238563756_oजनशक्तिको अभावमा नयाँ भवन बनाउन आएको बजेट फ्रिज हुने अवस्था आएपछि विद्यार्थीहरु श्रमदान गर्न पुगेको अनेरास्ववियुले जनाएको छ । विद्यार्थीहरुले श्रमदान गरेपछि विद्यालयले नयाँ भवन निर्माणको काम थालनी गरेको छ ।