म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार

विकल्प न्यूज/बेनी
असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती स्थायी घर भएका नहकुल सुवेदी  सर्वोच्च अदालतको मूख्य रजिष्टारमा नियुक्त हुनुभएको छ । 

 न्याय परिषद्का सचिव  सुवेदीलाई सर्वोच्च अदालतमा मुख्य रजिष्टारको पद सृजना गरी नियुक्त गरिएको हो ।

न्याय सेवा आयोगको बैठकले हाल न्यायपरिषदका सचिव रहेका नहकुल सुवेदीको नाम सिफारिस गरेको हो । सर्वोच्च अदालतमा रजिष्टार रहने ब्यवस्थालाई संशोधन गरी मुख्य रजिष्टारको पद सिर्जना गरिएको हो । nakul subediन्यायपालिका संघीय संरचनामा गएपछि सर्वोच्चमा मुख्य सचिव सरह रहने गरी मुख्य रजिष्टार बनाएको हो ।

यस्तै, हाल सर्वोच्च अदालतका रजिष्टार रहेका नृपध्वज निरौलालाई वेपत्ता छानबिन आयोगको सचिवमा सरुवा गरिएको छ । त्यसैगरी वेपत्ता आयोगका सचिव राजन भट्टराई न्याय परिषदको सचिवमा सरुवा भएका छन् । Ratopati