यस्तो छ बेगखोलाका युवाहरुको सामुहिक माछापालन (फोटोसहित)

विकल्प न्यूज/बेनी
असार १० गते ।
म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलाका युवाहरुले सामुहिक माछापालन व्यवसाय सुरु गरेका छन् । गाउँका तिनजना युवाहरु मिलेर व्यवसायिक माछापालन सुरु गरेका हुन । DSC_0418वैदेशिक रोजगारीका लागि दुवहीमा तिन वर्ष विताएका युवाहरुले गाउँमै संभावना देखेर माछापालन व्यवसाय सुरु गरेका छन् । स्थानीय महेन्द्र गर्बुजा,धन वहादुर तिलिजा र युबहादुर फगामीले संयुक्त रुपमा ५ लाख रुपियाँ लगानीमा माछापालन व्यवसाय थालेका हुन । DSC_0403हामी सानै देखिका साथी हौं महेन्द्र गर्बुजाले भन्नुभयो,‘विदेश जानुभन्दा गाउँमै परिश्रम गरौं भन्ने सोचाइले व्यवसाय सुरु गरेका हौं ।’ गाउँमा माछापालनको राम्रो संभावना हामीले देखेका छौ उहाँले भन्नुभयो । DSC_0405वार्षिक ६ हजार भाडा बुझाउने गरि जग्गा भाडामा लिएका उनीहरुले माछापालनका लागि ८ ओटा पाखरीहरु निर्माण गरेका छन् । पोखरीमा यतिखेर माछाका भूराहरु छाडेका छन् ।
कमन कार्प,ग्रास र ट्राउट माछाका भुराहरु पोखरीमा छाडेको उनीहरुले बताए । व्यवसायलाई भविष्यमा अझै विस्तार गर्ने लक्ष्य रहेको युबहादुर फगामीले बताउनुभयो ।DSC_0406माछापालनका साथै हामीले बंगुरपालन,कुखुरा र हाँस पालनलाई पनि सँगैसँगै लैजाने सोच बनाएको धन वहादुर तिलिजाले बताउनुभयो । सानो लगानीमा व्यवसाय सुरु गरेको बताउँने उनीहरुले भविष्यमा लगानीलाई वढाउँदै लैजाने योजना बुनेको बताएका छन् । DSC_0408व्यवसाय सुरु गर्नुभन्दा अघि प्राविधिक र आर्थिक सहयोगको अपेक्षा राखेर जिल्ला कृषि र पशुसेवा कार्यालयमा पुग्दा कुनै सहयोग नपाएको युवाहरुको गुनासो छ ।DSC_0414गाउँमा पुग्ने विभिन्न सरकारी कार्यालय र संघसंस्थाका प्रतिनिधिहरुले व्यवसायको अवलोकन गर्नेुका साथै राम्रो सल्लाह सुझावहरुले अघि वड्न हौसला मिलेको उनीहरुले बताए ।