सहकारीद्धारा विद्यार्थीलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ असार ।
मालीका गाउँपालीका ६ दरवाङमा रहेको पश्चिम म्याग्दी बहुउद्देश्यिय सहकारी संस्थाले शुक्रबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।Paschim Myagdiदरवाङमा रहेको जनप्रिय माविमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई झोला, पोशाक र स्टेशनरी सहयोग गरेको हो । प्रति विद्यार्थी दुई हजार पाँच सय रुपैया बराबरको सामाग्री वितरण गरिएको सहकारीले जनाएको छ ।

सहकारीका उपाध्यक्ष सन्तनाथ सुवेदी, प्रबन्धक प्रेमलाल कडेल र शिक्षा उपसमिति संयोजक चुडामणी सापकोटाले सामाग्री वितरण गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण फगामीको अध्यक्षता, प्रअ दिवाकर सुवेदीको सञ्चालन र शिक्षक नगेन्द्र खत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।