आफन्तको स्मृतिमा पाँचलाख खर्चिएर विद्यालयको प्रवेशद्धार

विकल्प न्यूज/बेनी
असार ९ गते ।
रघुगंगा गाउँपालिका १ बेगखोलामा रहेको महादेव माध्यामिक विद्यालयमा यहाँका एक परिवारले  आफन्तको  स्मृतिमा   प्रवेशद्धार निर्माण गरिदिएका छन् ।  DSC_0435स्वर्गिय दलजित फगामी र दुधिमाया फगामीको स्मृतिमा उहाँका छोरावुहारीहरु केवहादुर पुन, पुनमाया पुन, डिल वहादुर फगामी,तमाया फगामी,डिल प्रसाद फगामी,सङ कुमारी फगामी,बल सिंह फगामी,प्रेमकुमारी फगामी र महेन्द्र फगामी उहाँको श्रीमति  टिका फगामीले  पाँचलाख रुपियाँ लगानीमा विद्यालयमा पक्की प्रवेशद्धार निर्माण गरेका हुन ।

स्वर्गिय बुवा आमाको पूण्य स्मृतिमा विद्यालयको  प्रवेशद्धार  निर्माण गर्न सहयोग गरिएको डिल वहादुर फगामीले बताउनुभयो ।
करिव पाँचलाख खर्च हुने अनुमान गरिएको प्रवेशद्धार निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।