सौन्दर्यकला व्यवसायी जोशीद्धरा बालगृहलाई सहयोग

विकल्प न्यूज/बेनी
असार ९ गते ।

बेनीकी सौन्दर्यकला ब्यवसायी प्रमीला जोशी श्रेष्ठले नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहलाई सहयोग गर्नुभएको छ ।IMG_8647श्रेष्ठद्धारा सञ्चालीत पिस साईन ब्युटी होम टे«नीङ सेन्टरको दसौ वार्षिक उत्सवको अवसरमा बिहीबार बालगृहमा आश्रीत बालबालीकालाई शैक्षिक सामाग्री र बाल संगठनलाई नगद सहयोग गर्नुभएको हो ।

श्रेष्ठ र उहाँका श्रीमान सुमन श्रेष्ठले दश जना बालबालीकाहरुलाई दश हजार रुपैया बराबरको एकएक थान छाता, एकएक दर्जन कापी र रंग वितरण गर्नुभएको थियो । यसैगरी बाल संगठनका सभापति नेत्रबहादुर महत, सदस्य एकेन्द्र रावल र ज्ञान गिरीलाई नगद पाँच हजार रुपैया हस्तान्तरण गर्नुभएको थियो ।