फुलमायाको उपचारका लागि कोरियाबाट ७५ हजार रुपैयाँ सहयोग प्राप्त

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ असार ।
रक्तक्यान्सरबाट पिडित धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि दक्षिण कोरीयाबाट ७५ हजार रुपैया सहयोग प्राप्त भएको छ ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको फुलमाया बचाउ अभियानका क्रममा मोना कोरीयाका सचिव सुनेस केसीको पहलमा कोरीयामा संकलीत रकम बिहीबार हस्तान्तरण गरिएको हो ।IMG_8654केसीका दाजु दिनेश र भाई बिनोदले कोषका अध्यक्ष राजेश शाक्य र अभियानका संयोजक सन्तोष गौतमलाई रकम हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा ताकमका दिनेश केसीले व्यक्तिगत रुपमा दश हजार रुपैया भण्डारीको उपचारका लागि सहयोग गर्नुभएको छ ।

साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले फुलमाया बचाउ अभियान सञ्चालन गरेको छ । कोषले फुलमायाको उपचारका लागि करिब आठ लाख रुपैया सहयोग जुटाई उपलब्ध गराएको जनाएको छ ।

भरतपुर स्थित विपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार गराईरहेकी भण्डारीको स्वास्थ्यमा सुधार भएको र डिस्चार्ज हुने तयारीमा रहेको फुलमायाका श्रीमान रोशन भण्डारीले बताउनुभयो ।