मलेसियामा रहेका परियारले जुटाए दृष्टीविहीन बालवालिकालाई सहयोग

विकल्प न्यूज/बेनी
बैशाख १० गते ।
बेनी नगरपालिका–१ अर्जमका एक युवाले दृष्टिविहिन दम्पतीका छोरीहरुको अध्ययनको लागि आर्थिक सहयोग जुटाउनुभएको छ ।
हाल रोजगारिको शिलसिलामा मलेसियामा रहनुभएका अशिष परियार ( झिल्के)ले म्याग्दीको धौलागिरी गाउँपालिका –७ ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मीता विकका छोरीहरुको अध्ययनको लागि रु २३ हजार बढी सहयोग जुटाउनु भएको हो ।

दृष्टिविहिन दम्पतीका विद्यालय उमेरका तिन छोरीहरु अध्ययनबाट बञ्चीतीमा परेको सम्बन्धमा म्याग्दी अनलाईन मार्फत समाचार प्रकाशन भएपछि परियारले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोगको आह्वान गर्नुभएको थियो । DSC_0122दलित अधिकारकर्मी सामाजिक अभियान्ता समेत रहनुभएका परियारको सक्रियतामा मलेसियामा रहेका विभिन्न ठाउँका सहयोगदाताहरु मार्फत संकलन भएको २३ हजार ३७३ रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा समन्वयकर्ता पत्रकार कमल खत्री, कोषका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठले संयुक्त रुपमा दृष्टिविहिन दम्पती र उनका छोरीहरुलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।