म्याग्दीमा माओवादी केन्द्रका उम्मेदवार घोषणा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ बैशाख ।
आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले गाउनगरपालिकाको प्रमुख उपप्रमुख र वडा अध्यक्ष लगायत पदका उमेद्वार घोषणा गरेको छ ।
प्रदेश कमिटिमा नाम सिफारीस भएका उमेद्वार र जिल्ला कमिटिले चयन गरेका वडा अध्यक्ष तथा सदस्यका उमेद्वारहरुको नामावली शनिबार सबै स्थानीय तहमा कार्यक्रम आयोजना गरेर सार्वजनीक गरेको हो ।IMG_6228बेनी नगरपालीका प्रमुखको लागि नगर कमिटी अध्यक्ष शेरबहादुर केसी र कृष्णबहादुर थापा तथा उपप्रमुखमा ज्योती लामीछाने लाई सिफारीस गरेको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले जानकारी दिनुभयो ।

यसैगरी मंगला गाउँपालीकाको अध्यक्षमा चन्द्रप्रसाद बुढाथोकी, उपाध्यक्षमा बृन्दा खड्का र यामकुमारी पुन, मालीकाको अध्यक्षमा कमल केसी र दिलीप शेरचन, उपाध्यक्षमा लालमाया पाईजा र सरस्वती पुनको नाम सिफारीस भएको छ ।maoistधौलागिरी गाउँपालीकाको अध्यक्षमा खुमनाथ सुवेदी र रिमप्रकाश थापा, अन्नपूर्णको अध्यक्षमा कुलबिर राम्जालीलाई उमेद्वार बनाउन सिफारीस गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ । सर्वसम्मत रुपमा १४ वटा वडाका अध्यक्षको उमेद्वार पनि चयन गरिसकेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले बेनपा २ मा कृष्णबहादुर कार्की, ३ मा भोजबहादुर थापा (कुमार किसान), ४ मा अणबहादुर खड्का (भगवान), ५ मा सागर पौडेल, ७ मा पदम किसान र ९ मा झलक बिकलाई सर्वसम्मत वडा अध्यक्षको उमेद्वार चयन गरेको छ ।

मंगला गाउँपालीका ३ मा याम रोका, ४ मा ओमबहादुर रोका (रवी), ५ मा मनबहादुर मगर, मालीका १ मा गोविन सिउथानी, २ मा हर्कबहादुर नेपाली, ३ मा कृष्ण पुन, ४ मा रेशम पुन, ५ मा हिराबहादुर बिक, ६ मा खड्गबहादुर छन्त्याल र ७ मा रकप्रसाद शेरपुञ्जा वडा अध्यक्षको उमेद्वार चयन हुनुभएको छ ।

धौलागिरी गाउँपालीका १ गुर्जामा झकबहादुर छन्त्याल, २ मा बलबहादुर बिक, ३ मा याम भण्डारी, ४ मा कमल पाईजा, ६ मा गौबहादुर केसी (कृष्ण) र ७ मा खमबहादुर थापालाई वडा अध्यक्षको उमेद्वार बनाउने माओवादी केन्द्रले जनाएको छ । बाँकी उमेद्वारहरु समेत केही दिनमै चयन गर्ने नेता पौडेलले बताउनुभयो ।

केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालीकामा भने कुनै पनि दलले अहिलेसम्म उमेद्वार छनौट तथा सिफारीसको काम अघि बढाएका छैनन् । एक नगरपालीका, ५ गाउँपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनबाट २३७ जना जनप्रतिनिधि चयन हुने जनाइएको छ ।

उमेद्वारी घोषणा कार्यक्रममा बेनी नगर कमिटिका अध्यक्ष शेरबहादुर केसीले माओवादीको एजेण्डा अनुसार गाउँनगरमा आएको सिहदरबारको अधिकार जनतासम्म पु¥याउने, विकास र सबृद्धीको एजेण्डा सहित चुनावमा होमीने बताउनुभयो ।