अपडेट ः कागबेनीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ वैशाख ।

मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मुक्तिनाथ दर्शन गरेर जोमसोम तर्फ फर्कदै गरेका तिर्थयात्री चढेको ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 18056214_863690630445790_3195301744167401449_oकाठमाडौका ५५ वर्षिय भोला अधिकारी, ४५ वर्षिय पुरुषोत्तम ढकाल, ललीतपुरकी ४५ वर्षिया लिला खड्का, ७० वर्षिया कान्ति खड्का र भक्तपुरकी सिता तिमील्सीनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक हरिहर योगीले बताउनुभयो ।

गम्भिर अवस्थामा रहेका १२ जना घाइतेलाई जोमसोम अस्पतालमा प्राथमिक उपचार गरि नेपाली सेनाको हेलीकप्टर मार्फत काठमाडौ पठाइएको छ । बसको ब्रेकमा समस्या देखिएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।