उम्मेदवार सिफारिसमा कसरत गर्दै म्याग्दीका दलहरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ बैशाख ।
म्याग्दीका प्रमुख राजनीतिक दलहरुले आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनमा पार्टीका उमेद्वारहरुको टुङ्गो लगाउन थालेका छन् ।

नेपाली काँग्रेसले दुई वटा गाँउपालिकाको अध्यक्ष, एक उपाध्यक्ष र २३ वडा अध्यक्ष, एमालेले एक गाउँपालिकाको अध्यक्ष र १० वटा वडा तथा माओवादी केन्द्रले एक गाउँपालिकाको अध्यक्ष र १८ वटा वडा अध्यक्षको उमेद्वार सर्वसम्मत सिफारिस गरेको छ । rajyrupi-03042017073154-1000x0काँग्रेस र एमालेले बेनी नगरपालिकाको प्रमुख र उपप्रमुख पदको उमेद्वारका लागि पार्टीको माथिल्लो कमिटिमा नाम सिफारिस गरीसकेका छन् । माओवादी केन्द्रले शनिबार उमेद्वार घोषणा गर्ने जनाएको छ । केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालिकामा भने दलहरुले उमेद्वार सिफारिस र छनौट लगायत राजनीतिक गतिबिधि अघि बढाउन सकेका छैनन् ।

काँग्रेसको तर्फबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा डमबहादुर पुन, दानामा बेलबहादुर पुर्जा, नारच्याङमा चन्द्रप्रसाद फगामी, घारमा कृष्णप्रसाद बरुवाल, राम्चेमा लक्ष्मण गर्बुजा र हिस्तानमा गमबहादुर फगामी वडा अध्यक्षको उमेद्वारका लागि सिफारिस गरेका छन् । काँग्रेसको तर्फबाट बेनपा १ मा छवीलाल श्रेष्ठ, ८ मा धनप्रसाद श्रेष्ठ, २ मा प्रताप मल्ल, ३ मा जसबहादुर पुन र १० मा रिम रोका वडा अध्यक्षको उमेद्वारका लागि सिफारिस हुनुभएको छ ।sthaaniya-nikaya-ra-chunab-25032017084213-1000x0मंगला गाउँपालिका १ कुहुँमा केशरबहादुर जिसी र ५ अर्मनमा दुर्गाबहादुर खत्री, मालीका १ निस्कोटमा टंक पुन, २ मा ताराप्रसाद रोका, ३ मा कुलमान पटेल, ४ मा भिजेन्द्रमान पुन, ५ मा पिपला बुढा, ६ मा शिवनारायण फगामी र ७ मा पलबिर जुक्जाली, धौलागिरी १ गुर्जामा समबहादुर छन्त्याल, २ लुलाङमा ज्ञानबहादुर पाईजा, ७ ताकममा मनबहादुर भण्डारी र ४ मुदीमा हस्तबहादुर पुन काँग्रेसको तर्फबाट वडा अध्यक्षको उमेद्वार बन्नुहुने भएको छ ।Congress_Uml_mao_three_party_1

नेपाली काग्रेस म्याग्दीका प्रचार बिभाग प्रमुख अजयमिलन श्रेष्ठले बाँकी वडा र गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षका उमेद्वारको विषयमा छलफल भैरहेको जानकारी दिनुभयो । बेनी नगरपालिकाको प्रमुख पदको उमेद्वारका लागि काँग्रेसले नेत्रबहादुर महत, मिनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गरेको छ । नगर उपप्रमुखका उमेद्वारको नाम सार्वजनिक गरेको छैन् ।

बेनी नगरपालिकाको प्रमुख पदको उमेद्वारका लागि प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापा तथा उपप्रमुखमा दुर्गा कार्की र मुना बानियाँको नाम प्रदेश कमिटीमा सिफारिस गरेको एमालेमा अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नारायण पुनको नाम सर्वसम्मत सिफारिस भएको छ ।N cएमालेबाट अन्नपूर्ण ६ घारमा गोकुल बरुवाल, बेनपा १ मा टेकबहादुर रावल, ४मा गोविन्दप्रसाद पौडेल, ५ मा लक्ष्मण बानियाँ, धौलागिरी ४ मुदीबाट बेगप्रसाद घर्ती, ७ ताकमबाट कलानिधी सुवेदी, मालीका ५ देविस्थानबाट कुलबहादुर घर्ती, १ निस्कोटबाट वुद्धीबहादुर पुन, ६ दरवाङबाट सन्तनाथ सुवेदी, मंगला २ बाबियाचौरमा धनबहादुर खाती र ५ अर्मनमा भुपेन्द्र केसीको नाम वडा अध्यक्षको उमेद्वारका लागि सिफारिस भएको छ ।chunaabi-maahol-01042017075706-1000x0जिल्ला कमिटिले वडा अध्यक्ष र सदस्यहरुको लागि सर्वसहमतीमा सिफारिस भएका नामको अनुमोदन, धेरैको परेको ठाउँमा छलफल र गाउँ नगर प्रमुख उपप्रमुखको लागि प्रदेश कमिटिमा सहमती नजुटेको अवस्थामा ३ जना सम्मको नाम सिफारिस गर्ने सचिव बालकृष्ण सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उमेद्वारका लागि कुलबिर राम्जालीको नाम सिफारिस गरेको माओवादी केन्द्रले भुरुङ तातोपानीमा ओमबहादुर फगामी, मालीका १ निस्कोटमा गोविन सिउथानी, २ मा हर्कबहादुर नेपाली, ३मा कृष्ण पुन, ४ मा रेशम पुन, ६ मा खड्ग छन्त्याल र ७ मा रेकप्रसाद शेरपुञ्जालाई उमेद्वार बनाउन सिफारीस गरेको छ ।

धौलागिरी गाउँपालिका १ गुर्जामा झकबहादुर छन्त्याल, मंगला १ कुहुँमा डिलबहादुर किसान, ३मा यामबहादुर रोका, ४ मा ओमबहादुर रोका (रवी) र ५ अर्मनमा मनप्रसाद मगरको नाम माओवादी केन्द्रको वडा अध्यक्षका उमेद्वारका लागि जिल्ला कमिटिमा सिफारिस भएर आएको छ ।umlबेनपा ५ मा सागर पौडेल, ४ मा अणबहादुर खड्का (भगवान), ज्यामरुककोटमा कृष्णबहादुर कार्की, भकिम्लीमा भोजबहादुर थापा (कुमार), ७ मा पदम किसान र ९ मा झलक बिकको नाम वडा अध्यक्षको उमेद्वारको लागि सिफारिस भएको छ । वडा तहको जिल्लास्तरबाट र गाउँ नगरपालिकाको उमेद्वारको नाम प्रदेश कमिटिमा सिफारिस गरीने माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो ।maoistप्रमुख दलहरुभित्र वडा, गाउँ तथा नगरपालिकाको उमेद्वार बन्न धेरै आकाक्षी भएकाले छनौट गर्न सकस परेको छ । उमेदेवार छनौट गर्न राजनीतिक दलहरुले विभिन्न मापदण्ड बनाएका छन् । एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा २३७ जना जनप्रतिनिधि चुनीने भएका छन् ।