मालिका गाउँपालिका ५ देविस्थानकी वुढा चुनावी मैदानमा ओर्लिएपछि……..

विकल्प न्यूज/बेनी
बैशाख ८ गते ।
आसन्न बैशाख ३१ को स्थानीय तह निर्वाचनका लागि म्याग्दीका दलहरुले सार्वजनिक गरेका उम्मेदवारहरुमा अहिले सम्म प्रमुख पद्मा महिला छैनन् । नगरपालिका र गाउँपालिकाका प्रमुखमा पुरुषकै चर्चा छ । प्रमुख पदहरुमा महिला उम्मेदवार बन्न सक्ने अवस्था देखिदैन ।
उपप्रमुख र वडा सदस्यहरुमा मात्र महिला समेटिएका छन् । PIPLA bhudhathokiयो समाचार तयार पार्दा सम्म टुङगो लगाएका वडा अध्यक्षहरुमा पुरुष नै छन् । महिलालाई सदस्यमा मात्र सिमित गरिएको छ ।
तर नेपाली काँग्रेस म्याग्दीले मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानको वडा अध्यक्षमा भने महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।Main issue photo Devishtan Ma Mahaila Sahakari la banayakko Sinchai Kuloशुक्रवार पार्टी कार्यालयमा वसेको वैठकले देविस्थानकी पिपला वुढालाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको प्रचार विभाग प्रमुख अजय मिलन श्रेष्ठले जानकारी दिनुभयो ।

समाचार तयार पार्दा सम्म वडा अध्यक्षको उम्मेदवार बन्ने वुढा जिल्लामै पहिलो महिला हुनुहुन्छ ।
वुढाथोकी देविस्थानमा सामाजिक क्षेत्रमा कृयाशिल हुनुहन्छ । गाउँमा विकास निर्माण लगायत सामाजिक क्षेत्रमा विगत ५ वर्ष देखि नेतृत्व गर्दै आउनुभएको छ ।Nc

नेकपा एमाले र माओबादी केन्द्रले मालिका ५ मा अहिले सम्म उम्मेदवारको टुङगो लगाउन सकेका छैनन् । काँग्रेसबाट वुढा चुनावी मैदानमा ओलिएपछि अन्य दलहरुलाई प्रतिस्पर्धा गर्न कठिन हुने गाउँलेहरु बताउँछन् ।