अन्नपुर्ण गाउँपालिकाको प्रमुखमा नयाँ र पुरानो पुस्ता चुनावी मैदानमा

विकल्प न्यूज/बेनी
बैशाख ७ गते ।
नेकपा एमाले म्याग्दीले जिल्लाको उत्तरी अन्नपुर्ण गाउँपालिकाको प्रमुखमा नारायण पुनलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । विहिवार अन्नपुर्ण गाउँपालिकाको संगठन कमिटीले पुनलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला नेता राजकुमार थापाले जानकारी दिनुभयो । 18034043_1883124101944759_3289670796911941487_nएमालेका तर्फबाट युवालाई उम्मेदवारका रुपमा अघि सारेपछि नयाँ र पुरानो पुस्ताका विच चुनावी भिडन्त हुने भएको हो ।
नेपाली काँग्रेसले यस अघि नै घोडेपानीका होटल व्यवसायि डमवहादुर पुनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । डम वहादुर पुर्व भारतिय सेनाका सेवानिवृत्त हुन । दुवै उम्मेदवार एउटै वडाका हुन । यसले गर्दा गाउँपालिकामा नयाँ र पुराना पुस्ताका विच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यता यसै गाउँपालिकामा माओबादी केन्द्र र नेपाली काँग्रेस विच चुनावी तालमेल हुन सक्ने हल्ला पनि उत्तिकै चलेको छ । माओबादी केन्द्र र काँग्रेसको तालमेल भएपनि एमालेले विजय हाँसिल गर्ने दावी गरेको छ ।

यहाँ साविकाका दाना,घार,हिस्तान,तातोपानी,शिख,राम्चे,दोवा र नाराच्याङ्ग गाविसहरु रहेका छन् ।sthaniya-sarkarr-10042017095025-1000x0माओवादी केन्द्रको तातोपानीमा अलि प्रभाव भएपनि अन्य गाउँमा त्यति प्रभाव नभएकाले तालमेलको खासै प्रभाव नपर्ने एमालेको बुझाइ छ ।

यता काँग्रेसले भने जनतामा भिँजेका पुनको गाउँपालिकामा बलियो प्रभाव भएको दावी गरेको छ । भारतिय सेनाका सेवानिवृत्त पुन घोडेपानीको पर्यट प्रवद्र्धनमा सक्रिय हुनुन्छ । चुनावी तालमेलले मतदाताहरुमा मनोबैज्ञानीक प्रभाव पार्न सक्ने भएकाले जित सुनिश्चित भएको काँग्रेसका एक जिल्ला नेताले दावी गरे । Dam PUNनारायण युवा उम्मेदवार भएकाले युवाहरुको मन जित्न सक्ने आँकल पनि गरिएको छ । यता होटल व्यवसायमा सफल मानिएका र आर्थिक हिसावले पनि सवल डम वहादुरको उम्मेदवारी एमालेका लागि कडा प्रतिस्पर्धीका रुपमा हेरिएको छ । युवा जोस र जाँगर भएका नारायणलाई पराजित गर्न डमबहादुरलाई फलामका चिउरा चपाए भन्दा कठिन पर्न सक्ने कतिपयले विश्लेषण गरेका छन् । gaupalika-28032017073746-1000x0दुबै जना जनजाति भएकाले पनि यि दुइको चुनावी भिडन्त कडा नै पर्न सक्ने आँकलन अन्नपुर्ण गाउँपालिकाका स्थानीयवासीहरुले गरेका छन् । गाउँपालिकाको प्रमुख कसले बाजी मार्ला यो भने त जेठ १ सम्म कुर्नुपर्ने हुन्छ ।