नव निर्वाचित श्रेष्ठलाई म्याग्दीमा भव्य सम्मान

विकल्प न्यूज/बेनी
बैशाख १ गते । नेपाल उद्योग वाणिज्य महासंघ नेपालका नव निर्वाचित उपाध्यक्ष प्रमोद श्रेष्ठलाई म्याग्दीमा भव्य स्वागत एवम् सम्मान गरिएको छ ।promod 7म्याग्दी उद्योग वाणिज्य संघले श्रेष्ठको सम्मानमा नव वर्षको अवसर पारेर स्वागत एवम् सम्मान कार्यक्रमको आयोजना गरेको हो ।   promod 2 promod 3  promod 6कार्यक्रममा उपस्थिति विभिन्न क्षेत्रका व्यक्तिहरुले श्रेष्ठलाई सम्मान गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ गते सम्पन्न ५१ साधारण सभावाट जिल्ला, नगर तर्फको उपाध्यक्ष पदमा श्रेष्ठले ५५ मत प्राप्त गरि विजयी हुनुभएको थियो । धौलागिरिबाटै निजी क्षेत्रको छाता संगठनको माथिल्लो पदमा पुग्ने श्रेष्ठ पहिलो हुनुहुन्छ ।
promod 4कार्यक्रमा नवनिर्वाचित महासंघ प्रदेश नम्बर ४ का सदस्य निर्माण कुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ नेपाल सरकारको वाणिज्य मन्त्रालय अन्तर्गत निकासी प्रवद्र्धन केन्द्रको सञ्चालक समितिको सदस्यमा चयन भएकोमा सम्मान गरिएको थियो ।promaod 1कार्यक्रममा व्यवस्थापिका पशुविकास राज्य मन्त्रि नरदेवि पुन , सांसद रेशम बानियाँ लगायत जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि र संघ संस्थाका प्रतिनिधिहरु लगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
सचिव लिलाराम गौतमको सञ्चालन र संघका अध्यक्ष जिवन कुमार विश्वकर्माको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।