म्याग्दीमा निर्वाचन सुरक्षाका लागि यसरी हुँदै छ मोटरसाइकल गस्ती

विकल्प न्यूज/बेनी
चैत ३१ गते ।
आसन्न बैशाख ३१ को स्थानीय तह निर्वाचन नजिकिदै जाँदा जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन लागेको छ । निर्वाचनलाई लक्षित गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी जुटेको छ ।
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिवारबाट जिल्लामा मोटरसाइकल गस्ती सुरुसुरु गरेको हो  । DSC_0020राजनीतिक दल तथा जनता चुनावको लागि जुटेसँगै सुरक्षालाई मध्यनजर गरी सात वटा मोटरसाइकलमा गस्ती सुरु गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको मोटरसाइकलबाट सडक यातायात पुगेका ग्रामिण क्षेत्रहरुमा तत्काल पुग्न सहयोग पुग्ने उहाँले बताउनुभयो । सुरक्षाका हिसावले संवेदनशिल क्षेत्रहरुमा मोटरसाइकलबाट गस्ती गरिने प्रनाउ खड्काले बताउनुभयो । DSC_0017निर्वाचनका समयमा हुने अवान्छीत गतिविधिहरुलाई तत्काल नियन्त्रण गर्न सहयोग पुगोस भनेर यसपाली प्रधान कार्यालयले थप ४ वटा मोटरसाइकल उपलब्ध गराएको उहाँले बताउनुभयो ।
निर्वाचनलाई सफल पार्नका लागि सुरक्षा व्यवस्था सुदृढ पार्न कुनै कसर वाँकी नराखिएको प्रनाउ खड्को भनाइ थियो ।

police 1मोटरसाइकलका साथै हाल उपलब्ध प्रहरीको गाडीबाट पनि जिल्लाभर गस्ती सुरु गरिएको छ । अप्ठ्यारो भूगोलका कारण उपलब्ध साधनले केही स्थानहरुमा पुग्न संभव नहुने भएकाले थप साधनको माग गरिएको उहाँले बताउनुभयो । police photo 2साथै निर्वाचनका समय नेकपा (विप्लव) बाट हुन सक्ने निर्वाचन विरोधी क्रियाकलापका वारेमा पनि प्रहरी सचेत रहेको उहाँको भनाई थियो ।