बेनी नगरपालिका १ रत्नेचौरको वडा अध्यक्षमा रावलको उम्मेदवारी घोषणा

विकल्प न्यूज/बेनी
चैत ३० गते ।
आगमी बैशाख ३१ को स्थानीय तह निर्वाचनका लागि बेनी नगरपालिका १ रत्नेचौरको वडामा नेकपा एमालेले टेक वहादुर रावललाई वडा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । tek badhaur Rawalचैत ३० गते बुधबार वसेको वडा कमिटीको वैठकले रावललाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको नगर कमिटिका सह संयोजक राजकुमार थापाले बताउनुभयो ।

इमान्दार,समाजसेवी र पुराना नेता भएकाले रावलको उम्मेदवारीले कार्यकर्ताहरुमा उत्साह छाएको सह संयोजक थापाले बताउनुभयो । रावल पूर्व जिल्ला कमिटी सदस्य र हाल सल्लाहकार सदस्य हुनुहुन्छ । समाजसेवी एवम् गाउँमा लोकप्रिय भएकाले रावलको सँग चुनाव जित्न अन्य पार्टीहरुलाई निकै कठिन पर्न सक्ने एमालेहरु बताउँछन् ।
यसै गरि ३ वडा भकिम्लीमा दिल वहादुर थापा अध्यक्ष सदस्यहरु गेम वहादुर घर्ति,मनवहादुर श्रीस, मनकुमारी पुन,हरिकला दमाई लाई उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ ।