पुलाचौरमा माओवादी केन्द्रको वडा कमिटी गठन

विकल्प न्यूज/बेनी
चैत २३ गते ।
बेनी नगरपालीका ५ पुलाचौरमा बुधबार नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट सागर पौडेलको अध्यक्षतामा खड्ग दर्जी र रामु विश्वकर्मा उपाध्यक्ष, भरत भण्डारी सचिव, हिरा परियार कोषाध्यक्ष र राजकुमारी परियार सहसचिव रहनुभएको २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटी निर्वाचित भएको छ ।Maobadi Center (2)कमिटीको सदस्यहरुमा गोविन्द नेपाली, मिन परियार, मुरारी पौडेल, मनबिर परियार, थमन परियार, उजेली नेपाली, नगेन्द्र भण्डारी, कुलबिर नेपाली, नरबहादुर परियार, गोपाल बिक, राममाया नेपाली, रितु नेपाली, चरी दर्जी, मुनाल परियार र सुनमाया नेपाली रहनुभएको छ ।
सोही अवसरमा सुनमाया नेपालीको अध्यक्षतामा कल्पना परियार उपाध्यक्ष, अञ्जु परियार सचिव, माया परियार सहसचिव र दुर्गा परियार कोषाध्यक्ष रहनुभएको २१ सदस्यीय अनेमसंघ क्रान्तिकारी र मुनाल परियारको संयोजकत्वमा वाईसीएलको २७ सदस्यीय वडा कमिटी गठन भएको छ ।

सम्मेलनमा नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले माओवादीले उठाएको गणतन्त्र, संघियता, समावेशी व्यवस्थाले सिंहदरवारको अधिकार, सेवा र सुबिधा गाउँमा आएकोले त्यसलाई संस्थागत गर्न आगामी निर्वाचनमा माओवादीलाई जित्नुपर्ने बताउनुभयो ।

केन्द्रिय सम्मेलन आयोजक कमिटिका सदस्य देवराज सुवेदी र शेरबहादुर केसीले माओवादी नेतृत्वको वर्तमान सरकारले लोडसेडीङको अन्त्य गर्ने देखि म्याग्दीको विकासका लागि ठूलो मात्रामा बजेट भित्र्याउन सहयोग गरेकाले जनताले साथ दिनुपर्ने बताउनुभयो ।

सागर पौडेलको अध्यक्षता, खड्ग नेपालीको स्वागत र मुनाल परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा वाईसीएलका जिल्ला अध्यक्ष भोजबहादुर थापा (कुमार), अखिल क्रान्तिकारीका केन्द्रिय सचिव कुशल पौडेल, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष ज्योती लामीछाने, युवा नेताहरु अणबहादुर खड्का (भगवान), नगेन्द्र केसी र रुकबिर जुक्जालीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।