मल्कवाङका महिलालाई सिलाई कटाई तालीम

विकल्प न्यूज/बेनी
चैत २३ गते ।

म्याग्दीको धौलागिरी गाउँपालीका ५ मल्कवाङमा सिलाई कटाई तालीम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आयोजनामा तिन महिने तालीम सुरु भएको हो ।Malkawang (2)तालीममा १५ जना महिलाहरुको सहभागिता रहेको छ । दुर्गम र ग्रामिण क्षेत्रका महिलाहरुलाई सिप प्रदान गरी आयआर्जन वृद्धीमा सघाउ पु¥याउने उद्देश्यले तालीम सञ्चालन गरिएको समितिका प्रमुख मिरादेवी अधिकारीले जानकारी दिनुभयो । तालीममा सहभागिलाई प्रबिधि समेत सहयोग गर्ने कार्यक्रम रहेको छ ।