यस्तो छ म्याग्दीमा आकांक्षीहरुको लर्को

विकल्प न्यूज/बेनी
चैत २२ गते । Nawa Bikalpa 9-29आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको उमेद्वार बन्नका लागि राजनीतिक कार्यकर्ताको सक्रियता बढेको छ । उम्मेदवारका आकांक्षीहरु पार्टीको शक्ति केन्द्रलाई आफ्नो पक्षमा पार्न दौडधुप गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिमा प्रमुख, उपप्रमुख तथा पाँच वटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको उमेद्वार बन्नका लागि नेता कार्यकर्ताको दौडधुप बढेको हो । स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न करिब दुई दशकपछि हुन लागेको निर्वाचनमा पुराना जनप्रतिनिधि, राजनीतिक दलका जिल्ला स्तरका नेता देखि युवा र महिलाहरु आकांक्षी देखिएका छन् ।

उमेद्वारको टिकट पाउनका लागि र आफ्नो पक्षमा माहौल बनाउन आकांक्षीहरुले भेटघाट, छलफल र अन्तरक्रियालाई तिब्रता दिएका छन् । जिल्ला निर्वाचन कार्यालयमा १२ वटा राजनीतिक दल दर्ता भएपनि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपामा उमेद्वारका आकांक्षीहरुको सक्रियता बढेको छ ।

कुन पार्टीले कसलाई उमेद्वार बनाउँछन भन्ने चासो बढेको छ । संबिधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उमेद्वारी दिने दलले एउटा पदमा अनिवार्य महिलालाई उमेद्वार बनाउनुपर्ने व्यवस्था गरेको छ । प्रमुख वा उपप्रमुख पदमा उमेद्वार बन्न महिला नेताहरु पनि उत्तिकै आकाक्षी छन् ।

बेनी नगरपालिका, अन्नपूर्ण, मालीका, मंगला र धौलागिरी गाउँपालिकामा राजनीतिक दलहरुले उमेद्वार छनौटको तयारी गरेपनि केन्द्र बिवादका कारण रघुगंगा गाउँपालिकामा निर्वाचनको वातावरण बन्न सकेको छैन् ।

राजनीतिक दलहरुले नयाँ स्थानीय तह अनुसार पार्टीको संरचना निर्माणसंगै उमेद्वार छनौटको तयारी गरेका छन् । चार वटै दलले स्थानीय तहमा संयोजक र उपसंयोजक तोकेर चुनावी गतिबिधिका लागि नेता कार्यकर्तालाई परिचालन गरेका छन् ।sthaaniya-nikaya-ra-chunab-25032017084213-1000x0

बेनी नगरपालिकाको प्रमुख (मेयर)को उमेद्वार बन्नका लागि नेपाली काँग्रेसमा जिल्ला सचिव हरिकुमार श्रेष्ठ, मिनबहादुर कार्की, नेत्रबहादुर महत, अनोद श्रेष्ठ, अमृतादेवी बानियाँ, रुद्रबहादुर केसी, बिमला गौचन र रमेश श्रेष्ठ आकाक्षी देखिएका छन् ।

नेकपा एमालेमा मेयरको उमेद्वारमा जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरत केसी, मुना बानियाँ, राजकुमार थापा, देवबहादुर घलेको नाम चर्चामा छ । नेकपा माओवादी केन्द्रमा कृष्णबहादुर थापा, चन्द्रबहादुर घिमीरे, शेरबहादुर केसी, ज्योती लामीछाने, कुशल पौडेल, बिनोद केसी र कुमार किसान आकांक्षी देखिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट मेयरको उमेद्वार बन्न पुर्व जिल्ला अध्यक्ष एकेन्द्र रावल, रुपनारायण श्रेष्ठ तथा उपमेयरमा सञ्जु बरुवाल, हरिप्रसाद शर्मा आकांक्षी छन् । जिल्ला अध्यक्ष बिरबहादुर थापा भने आफ्नो जन्मथलो भकिम्लीकै वडामा उठ्ने मनस्थितीमा हुनुहुन्छ । rajyrupi-03042017073154-1000x0

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उमेद्वार घोषणामा नेपाली काँग्रेसले सबैलाई उछिनेको छ । चैत दोस्रो हप्ता शिखमा भएको नेपाली काँग्रेसको गाउँपालिका स्तरीय कार्यकर्ता भेलाले घोडेपानीका होटल व्यवसायी भारतीय सेनाका निवृत क्याप्टेन डमबहादुर पुनलाई गाउँपालिकाको अध्यक्षमा सर्वसम्मत उमेद्वार बनाउने निर्णय गरेर प्रचारप्रसार सुरु गरिसकेका छन् । जिल्ला सदस्य कृष्णप्रसाद बरुवाललाई शनिबार घारमा सम्पन्न वडा भेलाले न. ६ को अध्यक्षमा उमेद्वार बनाउने निर्णय गरेको छ ।

नेकपा एमालेमा अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उमेद्वार बन्न भरत पुन, नारायण पुन, गोकुल बरुवाल, श्याम राना, तेजबहादुर गुरुङ आकाक्षी देखिएका छन् । माओवादी केन्द्रबाट कुलबिर राम्जाली, सुवास विक, बागबिर पाईजा, बुद्धी पुन र जसबहादुर तिलीजा मध्य एक जना अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उमेद्वार बन्ने सम्भावना छ । राप्रपामा तिर्थ खड्का, मोहन पूर्जा, देवीन तुलाचन र सरोज गौचन सम्भावित उमेद्वारको रुपमा रहेका छन् ।

रघुगंगा गाउँपालिकाको केन्द्रको बिवाद रहेकाले राजनीतिक दलहरुले अन्य स्थानीय तहमा जस्तो राजनीतिक गतिबिधी अघि बढाउन सकेका छैनन् । भगवती, पिप्ले र बेगका बासिन्दाले केन्द्रको बिवाद समाधान नहुँदासम्म राजनीतिक गतिबिधि गर्न नदिने अडान र चुनाव बहिस्कार गर्न चेतावनी दिएका छन् ।

सो गाउँपालिकाको केन्द्र पाखापानी कायम भएको छ । भगवती, पिप्ले र बेगका बासिन्दाले मौवाफाँट केन्द्र बनाउनुपर्ने माग गरेका छन् ।

मंगला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट जितेन्द्र पुन, गोपाल भट्टचन, धु्रब कार्की, श्रीराम पौडेल र चक्रपाणी आचार्य उमेद्वार बन्ने चर्चा छ ।

नेकपा एमालेबाट प्रेमप्रसाद रेग्मी, सतप्रसाद रोका, शंकर शेरचन आकाक्षी देखिएका छन् । नेकपा माओवादी केन्द्रमा देवराज सुवेदी, पुस्कर विक, चन्द्रप्रसाद बुढाथोकी र सुकमाया रोकाको चर्चा छ भने राप्रपाबाट बिनोद भट्टचन सम्भावित उमेदवारको रुपमा रहेका छन् ।

मालीका गाउँपालिकामाmalika gaupalikaनेपाली काँगे्रसका श्रीप्रसाद रोका र रेकप्रसाद पुनको चर्चा भएपनि श्री प्रसाद रोकालाई उम्मेदवार बनाउने निर्णय भएको काँग्रेस श्रोतले बताएको छ ।

एमालेका मोतीराज गौतम, बेगप्रसाद गर्बुजा, कर्ण रोका, माओवादी केन्द्रमा कमल केसी, गोविन सिउथानी, सरस्वती पुन र लालमाया पाईजा अध्यक्षको उमेद्वार बन्ने चर्चा छ भने राप्रपाबाट चक्रपाणी कँडेलले उमेद्वारी दिने तयारी गरेका छन् ।

धौलागिरी गाउँपालिकामा नेपाली काँग्रेसका तमबहादुर थापा, कमल छन्त्याल, डिलबहादुर केसी, चकबहादुर मल्ल, डम्मर भण्डारी र मिनबहादुर भण्डारी, एमालेमा देउप्रसाद छन्त्याल, थमसरा पुन, रेशम भण्डारी, सुनेश केसी, माओवादी केन्द्रका यामन रोका, भेषनाथ गौतम, झकबहादुर छन्त्याल, देबबहादुर थापा अध्यक्षको सम्भावित उमेद्वारको रुपमा रहेका छन् ।

सबैजसो पार्टीले उमेद्वार छनौटका लागि सिफारिस गर्ने अधिकार सम्बन्धित नगर, गाउँपालिका र वडा समितिलाई दिएका छन् । वडा, गाउँ र नगरपालिकाको कमीटीले सिफारिस गरेका सम्भावित नामलाई संस्थागत रुपमा सर्वसहमतीमै एक जनालाई उमेद्वार बनाउने दलका जिल्ला स्तरीय नेताहरुले बताएका छन् ।

म्याग्दीका ५ वटा स्थानीय तहमा ४७ वटा वडा छन् । बेनी नगरपालिकामा सबैभन्दा धेरै १० वटा वडा छन् । एक जना मतदाताले स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहित ४ जना गरी सात जनालाई मतदान गर्नेछन् ।myagdi-kartik-19-final-proposal-copy

उमेद्वार छनौटका लागि निरन्तरता, अनुशासीत, विकासमा अग्रसर र लोकप्रियता लगायतका आधार बनाएका छन् । २०७० मा भएको दोस्रो संबिधान सभा निर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपा क्रमश प्रथम, दोस्रो, तेस्रो र चौथो स्थानमा थिए । २०६४ मा माओवादी केन्द्र, एमाले र नेपाली काँग्रेस क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा थिए ।
२०५४ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले धेरै ठाउँमा जितेको थियो भने २०५६ सालको संसदीय चुनावमा नेपाली काँग्रेसले जितेको थियो । विगतको परिणाम हेर्दा नेता र दल परिक्षण गर्ने यहाँका मतदाताहरुको मनोविज्ञान देखिन्छ ।

आसन्न निर्वाचनमा एमाले–नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने र त्यसमा माओवादी केन्द्र तथा राप्रपा निर्णायक बन्ने बिश्लेषण गरिएको छ । तालमेल गरेर उमेद्वार उठाउने विषयमा दलहरुबीच छलफल चल्न थालेको छ । आफ्नो जनमतलाई अझ बलीयो बनाउन एमाले र काँग्रेसले माओवादी र राप्रपासंग तालमेल गर्न सक्ने देखिन्छ । नेताहरुका अनुसार त्रिपक्षिय वा दुई पक्षिय तालमेलको सम्भावना छ ।

नेकपा एमालेका म्याग्दी जिल्ला ईञ्चार्ज समेत रहेका वैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापाले औपचारिक प्रस्ताव र छलफल नभएपनि तालमेल गर्न सकिने बताउनुभयो । “साना र वामपन्थी दलहरुसंग तालमेल गर्न हामीले निषेध गरेर जादैनौ” थापाले भन्नुभयो “परिवर्तनका पक्षधर र वामपन्थी दलसंग तालमेल हुनसक्छ ।” तालमेलका लागि आफैले प्रस्ताव नगर्ने र अरुबाट आए छलफल चलाउन सकिने एमालेका नेताहरुको भनाई छ ।

नेपाली काँग्रेसका जिल्ला सचिव मिनबहादुर कार्की अनौपचारिक रुपमा तालमेलको विषयमा छलफल भएपनि आकाक्षी धेरै भएकाले कार्यकर्ता व्यवस्थापनका हिसावले चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । काँग्रेसले प्रत्येक वडामा कुन पार्टीको अवस्था के छ भन्ने विषयमा अध्ययन गरिरहेको छ ।

थप बलीयो हुन र जितलाई सुनिश्चित गर्नका लागि तालमेलको आवश्यकता महशुस गरेका काँग्रेसका नेताहरु वर्तमान सत्ता गठबन्धन अनुसारकै तालमेलको सम्भावना देख्छन् । आवश्यकता अनुसार अनुकुलता हेरेर तालमेल गर्ने अधिकार स्थानीय तहकै कार्यसमितिलाई अधिकार छ ।

यद्यपी कुन स्थानीय तह र वडामा कसले नेतृत्व गर्ने भन्ने विषयमा दलहरुले आफ्नो अवस्था विश्लेषण गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले उमेद्वार छनौट, तालमेलको अधिकार स्थानीय तह लाईनै भएको बताउनुभयो । स्थानीय आवश्यकता अनुसार तालमेल गर्न सकिने बताउँदै पौडेलले जितको सुचिश्चितता हुने र अन्तरघात नहुने अवस्थामा मात्रै तालमेलको सम्भावना हुने बताउनुभयो ।

संघीयता पक्षधरहरुसंग तालमेल गर्न प्राथमिकता दिने उहाँको भनाई छ । निर्वाचनलाई लक्षित गरेर माओवादीले फुटेर अन्य पार्टीमा गएका र निश्क्रिय रहेका पुराना कार्यकर्तालाई पार्टीमा फर्काउने प्रयास थालेको छ । विप्लव नेतृत्वको नेकपा र मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा गएका केही नेता पुरानै पार्टीमा फर्कीएका नेताहरुले बताएका छन् र

आक्रामक देखिएको एमाले भन्दा केही उदार रहेको काग्रेससंग तालमेल गर्दा पार्टीले भुमिका पाउने माओवादी नेताहरुको बुझाई छ । काँग्रेससंग तालमेल गर्दा अन्तरघात हुनसक्ने खतरा पनि उत्तिकै रहेको माओवादी नेताहरु बताउँछन् ।

राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाले सबै पार्टीले आफ्नो अवस्था आँकलन गरिरहेको र ययार्थ धरातल र हैसीयत अनुसारको प्रस्ताव आएमा तालमेलको सम्भावना हुने बताउनुहुँन्छ । तालमेलको विषयमा छलफल गर्न राप्रपाले पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनलाई जिम्मेवारी दिएको छ ।