कुहुँका किसानलाई कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने तालिम

सन्तोष गौतम/विकल्प न्यूज
कुहुँ २१ चैत ।
म्याग्दीको मंगला गाउँपालिका १ कुहूँमा सोमबार कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने विषयमा प्राबिधिक तालीम सम्पन्न भएको छ ।IMG_5144काठमाडौको गोदावारीमा रहेको मौरीपालन विकास शाखा र जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजनामा २ दिनसम्म सञ्चालीत स्थलगत तालीममा २९ जना कृषकहरुको सहभागिता रहेको थियो ।

कुहुँ, डडुवा, चिप्लेटी, पूर्णगाउँ, सल्लान, थाईवाङ र भरजुलाका कृषकहरुलाई मौरीमा ग्राफ्टीङ गर्ने प्रबिधिको विषयमा सैद्धान्तिक तथा व्यवहारीका ज्ञान सिप प्रदान गरिएको थियो ।

तालीमको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत हरिहर शर्मा, शाखाका प्राबिधिक सहायक लक्ष्मीप्रसाद गिलाल, नायव प्राबिधिक सहायक अनिता राना र कृषि प्राबिधिक रिया पुनले सहजिकरण गर्नुभएको थियो ।IMG_5147 कृषकहरुलाई कृत्रिम तरीकाले रानी मौरीको विकास गर्ने प्राबिधिक ज्ञान सिपका साथै आवश्यक औजारहरु समेत उपलब्ध गराइएको छ । शाखाको गुणस्तरीय रानी मौरी उत्पादन तथा वितरण अभियान अन्तरगत म्याग्दीमा पहिलो पटक कृत्रिम तरिकाले रानी मौरी उत्पादन गर्ने प्रबिधी भित्र्याइएको हो ।

मैन पगालेर तयार पारीएको क्युवीन कपलाई डिपीङ रडको सहायताले घारको फ्रेममा टाँसेर बिशेष प्रकारको सुईको सहायताले रानी बिहीन घारमा ४८ घण्टासम्मको लार्भा राखिन्छ । कर्मी र राना मौरीहरुले कृत्रिम तरीकाले राखिएको लार्भालाई रानीको रुपमा स्वीकार गरी हुर्काउने नायव प्राबिधिक सहायक रानाले बताउनुभयो ।

लार्भा राख्नु अघिनै घारबाट रानी मौरी निकालीन्छ । उहाँका अनुसार क्विनकपमा लार्भा राख्नुअघि रानी मौरीको लागि आवश्यक मह तथा आहराको व्यवस्था गर्नुपर्छ । कृत्रिम प्रबिधिबाट १६ दिनमा तयार हुने रानी मौरीले दिनमा ७०० देखि ८०० वटासम्म अण्डा उत्पादन गर्न सक्ने क्षमत्ता रहेको छ ।

यस्तो प्रबिधिबाट रानी मौरीको उत्पादन गर्दा गोला छाडेर नभाग्ने, रोग नलाग्ने र मह उत्पादन बढ्ने कृषकहरुको अपेक्षा छ । छिटो गोला बिभाजन गरी महसंगै मौरीको घार बिक्री गरेर आम्दानी बढाउन सकिने कृषकहरुले बताएका छन् ।

यसअघि एउटै घारमा पाँच वर्षसम्मका रानी मौरी राख्ने गरीएको थियो । धेरै उमेर भएका रानी मौरीको क्षमत्ता कम भई मह उत्पादन प्रभावित हुन्छ । एपी सेरेना जातको मौरीमा यसअघि देशका अन्य ठाउँमा गरिएको परिक्षण सफल भएपछि म्याग्दीमा यस वर्षदेखि विस्तार गरिएको हो ।