कोष स्थापनाका लागि गायक गर्बुजाको एकल लोकगायन कार्यक्रम

विकल्प न्यूज/बेनी
चैत २१ गते ।
कलाकार कल्याणकारी कोष स्थापना तथा कला संस्कृतिको संरक्षण गर्न लोक गायक खड्क गर्बुजाको एकल लोक गायन कार्यक्रम हुने भएको छ ।
म्याग्दी कलाकार संघ काठमाण्डौंले बैशाख १६ काठमाण्डौं स्थित प्रज्ञा भवन कमलादीमा एकल लोक गायन कार्यक्रमको आयोजना गर्न लागेको हो ।
म्याग्दीको मराङमा जन्मी राष्ट्रियस्तरमा ख्याती प्राप्त गर्न सफल लोक गायक गर्बुजाद्धारा प्रस्तुत हुने लोकगायक कार्यक्रमका वारेमा जानकारी दिने उद्देश्यले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । 17758153_1177354245721168_1128669210_nकलाकार गर्बुजाले नेपाली कला र संस्कृतिमा पु¥याउनु भएको योगदानको उच्च मूल्याङकनका साथै नेपाली मौलिक कला र संगितको संरक्षणमा एकल गायनले टेवा पुग्ने अपेक्षा लिइएको संघकी प्रथम उपाध्यक्ष मिना गर्बुजाले बताउनुभयो ।
कार्यक्रमलाई सफल पार्नका लागि आर्थिक संकलन, टिकट विक्री संगै प्रचार प्रसारको कामलाई तिब्रता दिईएको सचिव रामगगनले बताउनुभयो ।DSC_0323प्रतियोगितालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना आइसी) अन्तराष्ट्रिय कार्यसमितीले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी अष्टे«लियाको सिड्नीमा रहेका म्याग्देलि परिवारले प्रायोजक र मोना होल्याण्डले सह–प्रायोजकको सहयोग गर्ने प्रतिबद्धता जनाएको संघका सचिब गगनले जानकारी दिनुभयो ।
पत्रकार भेटघाट कार्यक्रमको मिना गर्बुजाको अध्यक्षता, उपाध्यक्ष लाली बुढाथोकीको स्वागत र सञ्चालन गायक सज्जन बोहोराले गर्नुभएको थियो ।