म्याग्दीमा उमेद्वार घोषणामा अन्य दललाई उछिन्दै काँग्रेस

विकल्प न्यूज/बेनी
चैत २० गते ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अन्नपूर्ण गाउँपालिका ६ घारमा कृष्णप्रसाद बरुवाल वडा अध्यक्षको उमेद्वार बन्नुहुने भएको छ । Ghara Congress (2)नेपाली काँग्रेसको वडा भेलाले नेपाल तरुण दलका पूर्व जिल्ला अध्यक्ष र नेपाली काँग्रेसका जिल्ला सदस्य समेत रहनुभएका बरुवाललाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । कार्यक्रममा नेता बरुवालका साथै नेविसंघका सुजन बरुवाल, रबि बरुवाल, लिला खड्का, बिमला बरुवाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सोही भेलाले सिता बरुवालको अध्यक्षतामा ४१ सदस्यीय नेपाल महिला संघको वडा समिति समेत गठन गरेको छ । रामबहादुर खड्काको अध्यक्षता, मनबहादुर पुनको स्वागत र ठकराज बरुवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस अघि अन्न पूर्ण गाउँपालिकाको प्रमुखमा घोडेपानीका होटल व्यवसायि डमवहादुर पुनको उम्मेदावरी घोषणा भइसकेको छ । अन्य दलहरु भने आन्तरिक तयारीमा जुटेका छन् ।