एमालेको दरबाङमा चुनाव केन्द्रित आमसभा – स्थानीयतह निर्वाचनमा पहिलो बन्ने दावी

विकल्प न्यूज/दरवाङ
म्याग्दी, चैत २० गते । नेकपा एमालेले म्याग्दीमा स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमहरुलाई तिव्रता दिन थालेको छ ।

नेकपा एमालेले शनिबार दरवाङमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यतामा आमसाभा गरेको छ । IMG_2423   आमसाभामा बोल्दै नेतृ झाँक्रीले प्रधानमन्त्री प्रचण्डले हालै गरेको चीन भ्रमण ‘हात लाग्यो शुन्य’ भएको बताएकी छिन् । ‘एमालेको स्थानीय सरकार, जनताको सपना साकार’ भन्ने मूल नारासहित शनिबार पश्चिम म्याग्दीको दरबाङमा आयोजित क्षत्रीय आमसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको भ्रमण उपलब्धिविहिन बनेको बताएकी हुन् ।

उनले अहिलेको सरकार विभिन्न इशारामा बनेको हुँदा उत्तर र दक्षिण दुवैले पत्याउन नसक्ने रहेको आरोप लगाउँदै भ्रमणमा यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका नेपाल–चीन सम्झौताको समेत कार्यान्वयनको काम पनि नगरेको बताइन् । नेपाली काँग्रेसले दुई पटक र माओवादीले एकपटक बहुमत प्राप्त गरेपनि काम गर्न नसकेकाले अबको निर्वाचनमा एमालेलाई बहुमत दिए देश विकास गर्ने उनको भनाई थियो ।IMG_2331केन्द्रीय सदस्य झाँक्रीले नेपाल १ सय ४ वर्ष जहाँनिया राणाशासन, ३० वर्ष निरङ्कुश पञ्चायत, १० वर्ष सशस्त्र द्वन्द्व र दशवर्ष संक्रमणकालबाट गुज्रिनुपर्दा देशले विकासको मुहार फेर्न नसकेको बताउँदै अबको निर्वाचनबाट नेकपा एमालेलाई जिताउन आवश्यक रहेको बताइन् । उनले राम्रो काम गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने भन्दै अर्काको खुट्टा तान्ने प्रयास त्याग्नुपर्ने बताएकी थिइन् ।

एमालेको युवा नेता समेत रहेकी झाँक्रीले अबको आधुनिक नेपालको निर्माण एमालेले गर्ने भन्दै आजकोभन्दा उन्नत नेपालको विकास गरेर स्वदेशमै युवालाई रोजगारीको अवसर दिनुपर्ने बताइन् । वैशाख ३१ गतेको चुनाब नयाँ खालको भएको बताउँदै उनले अब जनताको बास्तविक सरकार स्थानीय सरकार भएकाले नेपाली जनता आफैले आफ्नो अधिकार बनाउने बताएकी छिन् ।IMG_2348सोही कार्यक्रममा बोल्दै पूर्वराज्यमन्त्री नरदेवी पुनले नेकपा एमाले राष्ट्रियताको पक्षमा प्रतिबद्ध रहेको हुँदा राष्ट्रघाती संविधान संशोधन कुनैपनि हालतमा पास नहुने बताइन् । उनले देश विकास र जनतालाई राहत दिनेगरी काम गर्न सक्ने पार्टी नेकपा एमाले भएको भन्दै आगामी निर्वाचनमा एमालेलाई अमुल्य मत दिएर जिताउन मतदातालाई आग्रह गरेकी छिन् ।

सांसद नवराज शर्माले अघिल्लो सरकारले ल्याएको बजेटको हालसम्म पनि अख्तियारी नआएको बताउँदै सरकारले निर्वाचनकेन्द्रीत गरेर रकमान्तर गरेको आरोप लगाएका छन् । उनले चुनाब जित्ने निहुँमा बजेट छरेको भन्दै त्यसको कार्यान्वयन हुने नहुनेमा शङ्का रहेकाले त्यसप्रति सचेत रहन कार्यकर्तालाई सुझाव दिएका थिए ।IMG_2373कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य एवं मोर्चा फाँट प्रमुख राजकुमार थापामगर, सचिवालय सदस्य मोतीराज गौतम र जिल्ला कमिटी सदस्य कृष्णकुमार विश्वकर्माले मालिका गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित भैसकेको भन्दै स्थानीय तहको निर्वाचनबाट एमालेको नेतृत्व स्थापित हुने र गराउनैपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अवसरमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गरी कुईनेमङ्गले, देवीस्थान, ओखरबोटलगायतका क्षेत्रबाट ५ दर्जन बढी एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिले अबिर तथा खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।

यसैबीच नेकपा एमाले मालिका गाउँपालिका सङ्गठन कमिटीले लामो समयसम्म पार्टीमा रहेर योगदान पु¥याएको भन्दै ज्येष्ठनागरिकलाई सम्मान समेत गरेको थियो ।

गाउँपालिका संयोजक कर्ण रोकाको अध्यक्षता, सहसंयोजक बेगप्रसाद गर्बुजाको स्वागत र सचिव भीम घर्तीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जननाट्य मञ्च म्याग्दीका अध्यक्ष एवं हाँस्यव्यङ्ग्य कलाकार रवि कार्कीलगायतले कमेडी नृत्य र जनवादी प्रस्तुती प्रस्तुत गरेका थिएभने नवप्रवेशी नरबहादुर विकले मन्तव्य राखेका थिए ।