गलकोटमा पत्रकारिता तथा उद्घोषण तालीम सुरु

विकल्प न्यूज/बागलुङ
चैत १८ गते ।
प्रेस सेन्टर नेपाल गलकोट नगर समितिको आयोजनामा बागलुङको गलकोटमा शुक्रबारदेखि पत्रकारिता तथा उद्घोषण तालीम सुरु भएको छ ।

“सम्बृद्ध गलकोटका लागि विकासमुखी पत्रकारिता” भन्ने नारा सहित पाँच दिनसम्म सञ्चालन हुने तालीममा साठी जनाको सहभागिता रहेको छ ।IMG_5054तालीमको उद्घाटन गर्दै प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ४ का सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले सम्भावना, समस्याको उजागर, समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण, सामाजिक, भौतिक र आर्थिक विकासका लागि पत्रकारिताको सकारात्मक भुमिका रहने बताउनुभयो ।

कार्यक्रमका नेपाली काँग्रेसका गलकोट नगर कमीटीका सदस्य नन्दराज शर्मा, नेकपा एमालेका जिल्ला सदस्य बुलबहादुर केसी, नेकपा माओवादीका गलकोट नगरपालीकाका प्रमुख तिलक उप्रेती र राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी राष्ट्रिय समाचार समितिका धौलागिरी प्रमुख तथा प्रेस सेन्टर बागलुङका अध्यक्ष राम थापा (अबिरल), प्रेस सेन्टरका प्रदेश सहसचिव सन्तोष गौतम, ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख अर्जुनध्वज अधिकारी, भुपु सैनीक महासंघका केन्द्रिय सदस्य सुवेदार टिकाबहादुर थापा, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालीसे, गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेल र गलकोट नगरपालीका भुपु सैनीक संयोजक छुमबहादुर थापाले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रेस सेन्टर नेपाल गलकोट नगर समितिका संयोजक थम्मन थापा (सन्देश)को अध्यक्षता, तालीम संयोजक सरीता खत्रीको स्वागत र सदस्य पूर्णभद्र निउरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालीमको मुकेशचन्द्र राजभण्डारी, कोपीला कडेल, राम थापा अविरल, सन्तोष गौतम, कृष्ण कडेल, घनश्याम गौतम लगायतले सहजिकरण गर्नुहुने आयोजकले जनाएको छ ।