घाइते पाण्डेको उपचारका लागि आर्थिक सहयोग अभियान

विकल्प न्यूज/बेनी
चैत १८ गते ।
जिल्लाको मंगलागाउँपालिका १ कुहुँका रामवहादुर पाण्डेको उपचारमा आर्थिक सहयोग जुटाउन ओमकुमारी शान्ति कोषले अभियानको थालनी गरेको छ । ram

तिन हप्ता अगाडि रुखबाट लडेर गम्भिर घाइते हुनुभएका पाण्डेको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या छ । पैसाकै अभावमा उहाँको उपचार हुन सकेको छैन ।

पाण्डेको हाल काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचार उपचारको पर्खाइमा हुनुहुन्छ । पाण्डेको ढाड भाँचिएको छ । पैसाको अभावमा उहाँको अप्रेशन हुनसकेको छैन । यतिखेर परिवारलाई सहयोगी मनहरुको खाँचो छ ।

शुक्रकार पण्डेको उपचारमा सहयोग पु¥याउन जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले अभियानको सुरुवात गरेको छ । 17629974_1120377114774766_9052308918485890225_nपरिवारको आर्थिक अवस्था कमजोर भएकाले पाण्डेको उपचार अभियान सुरु गर्नुपरेको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

कोषको कार्यालयमा भएको भेलाले मंगला गाउँपालिका १ कुहुँ हाल बेनीका प्रतिस्ठित होटल व्यवसायी ताराप्रसाद आचार्य(वावुराम) को संयोजकत्वमा ११ सदस्यीय आर्थिक सहयोग संकलन अभियान समिति गठन गरिएको छ ।

अभियानकै पहिलो दिन करिव पचास हजार भन्दा वढी रकम संकलन भइसेको अभियानका सह संयोजक एवम् कोषका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।
पहिलो दिनका सहयोगी मनहरु  DSC_0107आर्थिक अभावका कारण पण्डेको उपचारमा समस्या आएकाले सहयोगका लागि सवैमा अनुरोध गरिएको स्थानीयवासी सागर सुवेदीले बताउनुभयो ।

उपचारमा अहिलेसम्म आफन्तले सहयोग गरे पनि अवस्था गम्भीर रहेकाले अस्पतालमै बसेर उपचार गर्नुपर्ने भएकाले पनि आर्थिक सहयोगको आवश्यकता रहेको सुवेदीले बताउनुभयो ।

रुखबाट लडेर अचेत अवस्थामा भेटिएका पाण्डेलाई जिल्ला अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको थियो ।