यस्तो देखियो प्रथम धौलागिरि सांस्कृतिक महोत्सवको तेस्र दिन

विकल्प न्यूज /बेनी
चैत १२ गते ।khadka

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धौलागिरी अञ्चल समितिद्धारा बेनीमा आयोजित प्रथम धौलागिरी सांस्कृतीक महोत्सव २०७३ अन्तरगत शनिबार तेस्रो दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले खुल्ला मञ्च खचाखच भरिएको थियो । शुक्रबार भन्दा शनिबार खुल्ला मञ्चमा दर्शकहरुको निकै उपस्थिति रहेको थियो ।    dhau 2 शनिवार लोकप्रिय जनवादी गायक जिवन शर्मा,लोक गायक खड्क गर्बुजा,राम्जी पौडेल,तुलसा जिसी,चोलेन्द्र पौडेल र स्थानीय कलाकार रवि कार्की लगायतको प्रस्तुती रहेको थियो । राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु उफ्रि उफ्रि नाचेका थिए ।dhau 3शनिबार भजन प्रतियोगिता पनि भएको छ । यो समाचार तयार पार्दा सम्म भजन प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छैन । आइतवार राष्ट्रिय कलाकार कुमार पुन,राजन कार्की र थानेश्वर गौतमको प्रस्तुती रहने मुल आयोजक समितिका सदस्य अमित विश्वकर्माले बताउनुभयो ।khadka 2लोक संस्कृतीको संरक्षण, नव प्रतीभाको पहिचान र आन्तरीक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित महोत्सव चैत २० गतेसम्म सञ्चालन हुनेछ् । बेनीको खुल्ला मञ्चमा आयोजित महोत्सवमा स्थलमा १४० वटा व्यवसायिक स्टल रहेका छन् । महोत्सवको एक लाख जनाले अवलोकन गर्ने र दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ ।dhauराष्ट्रिय स्तरका कलाकारहरुको गायन र नृत्य प्रस्तुती मुख्य आकर्षण रहने महोत्वसबाट हुने आम्दानीले कलाकार कल्याणकारी कोष स्थापना गरिने प्रतिष्ठानले जनाएको छ । महोत्सव स्थलमा प्रवेशका लागि प्रतिव्यक्ति ५० रुपैया दरका टिकट बिक्री गरिएको छ ।dhau 4